खोजि गर्नुहोस..

१२ औँ कपिलवस्तु महोत्सवको हिसाबकिताब गायब, आयोजक भन्छ–‘पैसा उठेन’

१२ औँ कपिलवस्तु महोत्सव सम्पन्न भएको चार महिना विति सक्दासम्म पनि आयव्यय सार्वजनिक हुन नसके पछि आयोजक कपिलवस्तु उद्योग बाणिज्य संघ शंकाको घेरामा तानिन थालेको छ । संसारकै अग्लो टावर युएईको ‘बुर्ज खलिफा’को नमुना बनाएर देशब्यापी धुम मच्च्याएको आयोजकले अहिलेसम्म पनि आयव्यय सार्वजनिक नगर्दा यसले व्यवसायीको बीचमा शंका उपशंका गनुपर्ने स्थिति उत्पन्न गराएको छ । गत चैत्र ३ गतेदेखि १३ गतेसम्म बुद्ध रंगशाला जितपुरमा धुमधाम पूर्व महोत्सव सम्पन्न भई २ लाख दर्शकले मेला अवलोकन गरेका थिए भने करिब ५ करोड बराबरको आम्दानी भएको आयोजकले उतिखेरै बताएको थियो ।

तर ५ करोड कसरी आम्दानी भयो ? कहा कहाँ खर्च भयो ? त्यसको अहिलेसम्म अत्तोपत्तो छैन् । एक प्रकारले भन्ने हो भने आयोजकले अहिलेसम्म हिसाब किताब गायव नै पारेको छ । ५ महिनासम्म आयब्यय सार्जजनिक नहुनुको मुख्य कारणमा उठ्नुपर्ने रकम अहिलेसम्म नउठेको एउटा रहेको छ भने अर्कोमा आयोजकका जिम्मेवार ब्यक्ति नै यस विषयमा संवेदनशिल भएर नलागेका आयोजक भित्रकै जिम्मेवार ब्यक्ति बताउँछन् ।

संघका अध्यक्ष डोलकराम घिमिरे महोत्सवको संयोजक थिए भने वरिष्ठ उपाध्यक्ष छविलाल रेश्मी मगर निर्देशक थिए । पछिल्लो समय दुवै ब्यस्त भए । घिमिरे नेपाली काँग्रेसको बाणगंगाका प्रमुख नेता हुन् । उनी स्थानीय तहको चुनावमा बढी ब्यस्त भए भने रेश्मी त एमालेबाट वडा अध्यक्षको उम्मेदवार भएरै चुनाव जिते । त्यसैले पनि उनको ब्यस्तता अहिले ह्वात्तै बढेको छ । आयोजकका जिम्मेवार पदाधिकारीले महोत्सवको हिसाव किताब सार्वजनिक गर्नमा घिमिरे र रेश्मीको मुख्य भूमिका हुनुपर्ने बताउँछन् ।

यस विषयमा संघका अध्यक्ष एवम् महोत्सव संयोजक डोलकराम घिमिरेसंग बुझ्दा बिभिन्न कुरा आएका छन् । गलत मनसाय र नियत राखेर आयब्यय सार्जजनिक नगरिएको बताउँदै उनले उठ्नु पर्ने रकम अहिलेसम्म नउठेको बताए । उनले भने–“कृषि मन्त्रालय, लुम्बिनी प्रदेशको पर्यटन मन्त्रालय, प्रायोजक, सह प्रायोजकहरुबाट उठ्नु पर्ने २० लाख बढी रकम अझै उठेको छैन् । बारम्बार ताकेता गरेका छौँ पैसा उठ्यो भने असार महिनामै हिसाब किताब सार्जजनिक हुन्छ । हिसाबकिताब सार्वजनिकमा ढिलाई भएको म स्विकार गर्छु ।”

भनेको समयमा सम्बन्धित ठाउँबाट पैसा नआए चुप लागेर नबस्ने समेत उनले चेतावनी दिए । अर्कोतर्फ पिङवालाले पनि पैसा नदिएर झुलाएको अध्यक्ष घिमिरेले बताए । यसरी चौतर्फी जिज्ञासाको विषय बनेको आयब्यय सार्जजनिकमा आनाकानी गरेर संघलाई बदनाम गराउन खोजेको भन्दै संघ भित्रका केही आक्रोशित पनि बनेका छन् । उनीहरुले चाँडै हिसाब किताब सार्वजनिक गर्न माग गरिरहेको मायादेवीसंग बताए ।

यस विषयमा पटक पटक आफूहरुले चासो राखिरहेको भएपनि मुख्य नेताको ध्यानाकर्षण हुन नसके पछि संघ नै बदनाम हुने स्थितिमा पुगेको भन्दै कतिपय ब्यवसायीले चिन्ता व्यक्त गरेका छन् । समस्या नै भएको हो भने पत्रकार सम्मेलन गरी खास कुरा सार्जजनिक गर्नुपर्ने उनीहरु बताउँछन् ।

संघका निवर्तमान अध्यक्ष उमानाथ पौडेलले महोत्सवको हिसाबकिताब सार्वजनिक नहुँदा व्यवसायी माझ प्रश्न उठ्नु स्वाभाविक भएको बताउँदै आयोजक चाँडै यस विषय माथि गम्भिर बन्नुपर्ने बताउँछन् । उनले भने–‘पैसा उठेन हामीलाई पनि थाहा छ । दिनेले पैसा नदिएपछि समस्या भएको थाहा छ । तर यो कुरा बाहिरका मानिस र अरु व्यवसायीले कसरी बुझ्नु ? समयमै हिसाव सार्वजनिक नभए अर्को पटक महोत्सव लगाउन संघलाई कठिन हुनेछ ।’

अर्कोतर्फ बिभिन्न ठाउँमा लेनदेन बाँकी रहेकोले समस्या सिर्जना हुन थालेको महोत्सवको लेखा समिति बताउँछ । मिडिया हाउसहरुले पनि आयोजकले सम्झौता गरेअनुसार अहिलेसम्म एक रुपैयाँ पनि नपाएको गुनासो गरेका छन् । बाहिर सरोकारवालाले पनि समयमै हिसाव किताब सार्वजनिक नगरेर संघले आर्थिक पारदर्शिता माथि प्रश्न उठाउने काम गरेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *