खोजि गर्नुहोस..

प्रधानसेनापति शर्माले बुधबार साँझै राष्ट्रपति भेटेका थिए

नेपाली सेनाले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागिता जनाएको चर्चा चलिरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानसेनापति प्रभुराम शर्मा बुधबार साँझ शितल निवास पुगेका थिए। प्रधानसेनापति शर्माले राष्ट्रपतिसँग भेटघाट गरेको उच्च स्रोतले जनाएको छ। राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हो। ‘राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि प्रधानसेनापति शर्माले एक घण्टा भेटघाट गर्नु भएको हो,’स्राेतले भन्याे। एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा २०७२ सालमा सरकारको नेतृत्व गरिरहेकै अवस्थामा नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले अमेरिकासँग ‘नेसनल गार्ड स्टेट पार्टनरसिप प्रोग्राम (एनजीएसएसपी)’ सम्झौताका लागि पत्राचार गरेको पत्र सार्वजनिक भैरहेको छ। सो पत्रको आधिकारिकता पुष्टि भैसकेको छैन। यो पत्र सार्वजनिक हुनु अघि बुधबार प्रधानसेनापति राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवास पुगेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *