खोजि गर्नुहोस..

कपिलवस्तु प्रहरीको ठूलो सफलता, ११ महिनामा ६ सय १८ फरार प्रतिवादी पक्राउ

कपिलवस्तु ।  जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले ११ महिनाको अवधिमा ठूलो संख्यामा फरार प्रतिवादी पक्राउ गर्न सफल भएको छ । बुधबार कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला प्रहरी कार्यालयले ११ महिनाको अवधिमा ६ सय १८ फरार प्रतिवादी पक्राउ गर्न सफल भएको जानकारी गराएको हो ।गत आवमा १ बर्षको अवधिमा जम्माजम्मी १ सय ३९ जना फरार प्रतिवादी पक्राउ परेका थिए । तर, चालु आवको ११ महनामा यति धैरैको संख्यामा प्रतिवादी पक्राउ गर्न कपिलवस्तु प्रहरी सफल भएको छ ।प्रहरीले जानकारी गराएको विवरण अनुसार साउन महिनामा सबैभन्दा बढी २ सय ८९ फरार प्रतिवादी पक्राउ परेका छन् । भदौ महिनामा १ सय २७ प्रतिवादी पक्राउ गरेको प्रहरीले जेष्ठ महिनामा २२ जना पक्राउ गरेको छ । पक्राउ गरिएको प्रतिवादीबाट प्रहरीले ४८ लाख ३२ हजार बराबरको राजश्व पनि संकलन गर्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *