खोजि गर्नुहोस..

सरकारले गाँजा खेतीलाई खुला गर्ने सम्बन्धी मागका विषयमा अध्ययन गदै

१ असार, काठमाडौं । सरकारले गाँजा खेतीलाई खुला गर्ने सम्बन्धी मागका विषयमा अध्ययन सुरु गरेको छ ।कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीका अनुसार गाँजा खेतीलाई खुला गर्नुपर्ने भनी संसदमा गैरसरकारी विधेयकसमेत दर्ता भएपछि सरकारले अध्ययन थालेको हो ।

कानुन मन्त्रालयका लागि आगामी आर्थिक वर्षका लागि विनियोजन भएको बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै कानुनमन्त्री बन्दीले गााजा खेतीबारे अध्ययन भैरहेको जानकारी दिएका हुन् । ‘गाँजा खेतीको सन्दर्भमा कानुन आयोगलाई अध्ययन गरेर अन्य मुलुकमा यसको के प्रचलन छ ? नेपालमा कसरी गर्न सकिन्छ ? वा सकिंदैन भन्ने विषयमा अध्ययन गर्न लगाएका छौं,’ बन्दीले भनेका छन् ।

नेपाल कानुन आयोगले गाँजा खेतीका सम्बन्धमा अध्ययन गरिरहेको र आयोगले दिएको प्रतिवेदनका आधारमा सरकारले निर्णय लिने उनको जवाफ छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *