खोजि गर्नुहोस..

एकराज एक हप्तादेखि सम्पर्कमा नआएपछि घरमै जान बाध्य भएँ : मन्त्री वली

जेठाजु बीरेन्द्र बस्नेतसहित घर परिवार र छिमेकी आए । उनीहरु आएपछि भित्रबाट घरको गेटमा चुक्कुल लगाए । चुक्कुल लगाएपछि बीरेन्द्रले आफूलाई गालीगलौज गरेको बताएकी छिन् ।‘विरेन्द्र आएपछि भित्रबाट चुक्कुल लगाए, त्यसपछि नानाथरी गालीगलौज गरे, अपशब्द बोले, एक पटक विरेन्द्र पिट्न पनि उठेक थिए, त्यतिबेला, पिएसओ र मीनाका ससुरा वुवाले छेकेपछि पिट्नबाट रोकिए’, राज्यमन्त्री वलीले भनिन्‘ त्यतिेबला उल्टै मलाई एक करोड हिनामिना गरेको, सुन चोरेकोसम्मको आरोप पनि लगाए ।’ एकराजकी श्रीमती र आफूबीच तानातान हुँदा आफ्नो पनि चुरा फुटेको बताइन् । उनले आफू सामान्य कुरा गरेर फर्किने तयारी गरेको भएपनि त्यहाँ चुकुल लगाएर मान्छे बोलाएर विवाद चर्काएको विमलाको आरोप छ । आफ्नो एकराजसँग मात्रै काम भएकाले त्यही अनुसार त्यहाँ गएको राज्यमन्त्री वलीले बताइन् । एकराजकी श्रीमती मिनाले भने आफू र छोरीलाई कुटपिट गरेको बताएकी छिन् । सोही अनुसार उनीहरुले मुद्दा दर्ता गर्ने तयारी गरिरहेका छन् । अहिले सदन चलिरहेकाले राज्यमन्त्री वलीलाई बुटवल लगिएको छ । तर, उनी प्रहरी कै निगरानीमा छन् । विमला मन्त्रालयकै गाडी र पिएसओसहित मंगलबार पौने ९ बजेतिर एकराजको घर गएकी थिइन ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *