खोजि गर्नुहोस..

रेडियोकर्मी क्षमता अभिवृद्धि तालिम

कपिलवस्तु, । कपिलवस्तुको शिवराज नगरपालिकामा रेडियोकर्मीहरुका लागि क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । रेडियो शिवराजकाे आयाेजना र शिवराज नगरपालिकाकाे सहयाेगमा साेमबार सञ्चलान भएकाे तालिम यहि जेठ ३१ गते सम्पन्न हुने आयाेजकले जनाएको छ । तालिमलाई सम्बाेधन गर्दै शिवराज नगरपालिका वडा नम्बर ५, का वडाध्यक्ष नेत्र बेल्बासेले सत्यतथ्य समाचार सम्प्रेषण गर्न आग्रह गरे । आजभाेलि अप्हाव फैलाउने कार्य बढ्दै गएकाे जनाउँदै जनसमुदायको विश्वासनिय सूचना प्रवाह हुनेमा उनले जाेड दिए । पछिल्लो समय प्रायः मिडियाले विश्वसनियता गुमाउँदै गएकाेले सकारात्मक प्रभाव पार्ने कदम चलाउन वडाध्यक्ष बेल्वासेले जिकिर गरे ।

तालिम कार्यक्रममा अकाेराब संघका लुम्बिनी प्रदेशका अध्यक्ष राजु खराल र लामाे समय रेडियो, टेलिभिजनमा अनुभव बटुलेका बिनाेद परियारले आम नागरिककाे पहुँचमा रेडियो रहेकाे बताए । रेडियो सुन्नकाे लागि शिक्षित हुनुपर्ने बाध्यता नरहेकाे र दैनिकीलाई निरन्तरता दिँदै सहज माध्यमबाट प्रभावकारी भएकाे भन्दै प्रशिक्षण दिएकाे जनाइएको छ । दलित पत्रकार महासंघका लुम्बिनी प्रदेश सदस्य चिन्ता परियार, पत्रकार महासंघ कपिलवस्तुका सहसचिव संजिव गहतराज, रेडियो समानताका स्टेशन म्यानेजर कृष्ण गैरे, न्ल धाेबी, दीपक खड्का, पत्रकार दीपक केसी र माधव बेल्वासे लगायतले कार्यक्रमलाई सम्बाेधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *