शिवकुमार ढाढी कपिलवस्तु । बुद्धभूमि नगरपालिकाका कर्मचारीहरु लापरवाह र गैर जिम्मेवार तरिकाले काम गरिरहेका छन् । कपिलवस्तुको १० पालिका मध्ये बुद्धभूमिका कर्मचारीहरु सबै भन्दा लापरवाह र गैर जिम्मेवार तरिकाले काम गरिरहेको सेवाग्राहीहरुको गुनासो रहेको छ । एक जना सेवाग्राही दुर्गेश बिश्वकर्माका अनुसार यो नगरपालिकामा शिक्षा, स्वास्थ्य, कृषि तथा भौतिक पूर्वाधार लगायत कुनै पनि काम ग¥यो भने त्यसको भूक्तानी लिनलाई नगरपालिकामा कर्मचारीले हाजिर लगाए जस्तै ३ देखी ४ महिना सम्म नगरपालिकामा दौडनु पर्ने बताए । बुद्धभूमिका कर्मचारीहरु सेवा ग्राहीबाट फाईल बुझि २ देखी ३ महिना सम्म दराजमा थन्काउने, फाईलबाट कागजपत्र नै हराउने तथा फाइल नै हराईदिने काम बुद्धभूमिमा भईरहेको सेवाग्राहीहरुको गुनासो रहेको छ ।
कपिलवस्तुको अरु नगरपालिकामा कागज बुझाएको ३ देखी ४ दिनमै भूक्तानी पाइन्छ भने बुद्धभूमिमा ३ देखी ४ महिना सम्मै नगरपालिका भौतारिनु परेको अर्काे स्थानिय रुपेश यादवले बताए । उनका अनुसार यो नगरपालिकामा कुनै पनि सम्झौताको काम गर्न जति समय लाग्छ भने त्यसको दोव्वर तेव्वर समय भूक्तानी लिनलाई कर्मचारीहरुले सेवाग्राहीलाई दौडाने गर्दछन् । कागज फाईल सबै ठीक भएपनि बुद्धभूमिका कर्मचारीले सेवाग्राहीलाई शास्ती दिने काम गर्दछन् । कर्मचारीको काम गर्ने लापरवाही शैलीले गर्दा नै यो नगरपालिका कपिलवस्तुकै बढी बेरुजु भएको तथ्य पनि रहेको छ । बजेट हुदाँ हुदै पनि कर्मचारीले फूर्तिले गतिले काम नगरेको कारणले भएको बजेट पनि फ्रीज भएर जाने गरेको छ । बुद्धभूमिका कर्मचारीहरु बिना समयमा आफनो काम तथा कुर्सी छोडेर चिया खाना जाने, अनावश्यकमा आफनो कुर्सी छोडेर अर्को फाटमा गएर बस्ने, गफ गर्ने जस्ता काम भन्दा अनावश्यक काममा व्यस्त हुने पाईएको छ । यस्तै बुद्धभूमि ५ का पूर्व वडा अध्यक्ष बेचन यादवले सेवाग्राहीहरु कर्मचारीबाट दुख पाउनुमा सेवाग्राही स्वयम नै जिम्मेवार रहेको बताए । कर्मचारी काम गर्नको लागी नै बसेछन् र कर्मचारीसँग नडराई आफ्नो कागज पत्र पु¥याई काम गराउनु सेवाग्राहीको स्वयम कर्तव्य रहेको यादवले बताए ।
Related