खोजि गर्नुहोस..

४ दिने ग्रामीण विकास पत्रकारिता तालिम समपन्न

शिवकुमार ढाढी कपिलवस्तु । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको आयोजना तथा नेपाल पत्रकार महासंघको संयोजकमा सञ्चालन भएको ४ दिने तालिम आज सम्पन्न भएको छ । उक्त ग्रामिण विकस पत्रकारिता तालिम शनिवार उद्घाटन भई आज विभिन्न कार्यक्रमबीच सम्पन्न भएको हो । सो तालिम लुम्विनी प्रदेशको स्थायी राजधानी भालुबाङमा भएको हो । उक्त तालिममा लुम्विनी प्रदेशको १२ जिल्ला मध्ये ११ जिल्लाबाट कुल ५२ जना पत्रकारहरु सहभागी भएका थिए । लुम्बिनी प्रदेशको रुकुम पूर्वबाट कोही पत्रकार सहभागी भएका थिएनन् ।

तालिमका प्रशिक्षक नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सचिव रामजी दहाल तथा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष गोविन्द आचार्य रहेका थिए । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार,ग्रामीण क्षेत्रका समस्याहरुलाई पत्रकारहरुले कसरी रिपोर्टिङ गर्ने, गाउँका समस्याहरुलाई कसरी मिडियामार्फत सम्बन्धित निकायमा पु¥याउने भनि मूल आशय रहेको थियो । सो तालिमबाट पत्रकारहरुले ग्रामिण क्षेत्रका समस्याहरुलाई कसरी मिडियामार्र्फत देखाउने, पत्रकार आचार संहिता भित्र रही समाचार कसरी लेख्ने जस्ता लगायतका कुराहरु सिक्न पाएकाछौँ एकजना तुल्सीपुर दाङबाट सहभागी पत्रकार नवराज घिमिरेले बताए । आज कार्यक्रमको समापनमा आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव कोमल प्रसाद धमला, नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशका अध्यक्ष अर्घाखाँचीको शितगंगा नगरपालिकाका मेयर छविलाल पौडेल, गढवा गाउँपालिकाका अध्यक्ष एम नारायण पोखे्रल, शिवराज नगरपालिकाका मेयर अजय थापा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम सहभागीहरुलाई प्रमाणपत्र वितरण गरी उक्त कार्यक्रममा अध्यक्षता ग्रहण गर्नुभएको बसन्त गिरीले समापन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *