खोजि गर्नुहोस..

प्रतिलिटर १० रुपैयाँले घट्यो पेट्रोल-डिजलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले डिजल, पेट्रोल र मट्टीतेलको मूल्य घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टीतेलको मूल्य लिटरमा १०-१० रुपैयाँले घटाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य १५३ रुपैयाँ पर्नेछ ।

अर्थ मन्त्रालयले पूर्वाधार कर घटाएर मूल्य समायोजन गर्न लिखित निर्देशन दिएपछि यस्तो निर्णय भएको प्रवक्ता उपाध्यायले बताए ।सरकारले पेट्रोलियम पदार्थमा लाग्ने प्रतिलिटर १० रुपैयाँ पूर्वाधार कर घटाएपछि मूल्य समायोजन भएको हो । बजेट वक्तव्यमार्फत नै सरकारले पेट्रोलमा लगाएको कर घटाउने घोषणा गरेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य बढ्दै जाँदा उच्च दरको करका कारण मूल्य पनि आकाशिएको थियो । डा. युवराज खतिवडा अर्थमन्त्री भएका बेला प्रतिलिटर इन्धनमा पूर्वाधार कर समेत जोडेर लिन सुरु भएको थियो । त्यसलाई हटाउन माग हुँदै आए पनि सरकारले बेवास्ता गर्दै आएको थियो । खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने घटेको छैन।

हेर्नुस् नयाँ मूल्यपछिको निगमको हिसाव-किताव

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *