खोजि गर्नुहोस..

कपिलवस्तुको कृष्णनगर नगरपालिकामा एक हप्ताभित्र दुई वटा ट्रान्सफर्मर चोरी

कपिलवस्तुको कृष्णनगर नगरपालिका–८ मा एक हप्ताभित्र दुई वटा ट्रान्सफर्मर चोरी भएको छ । बहादुरगञ्ज नजिकको गाउँका सिँचाइ ट्युबवेलका लागि जडान गरिएका ट्रान्सफर्मरमा रहेको तामाको तार चोरी भएको हो ।गत शनिबार देवान गढिया गाउँको पूर्वमा रहेको ट्युबवेलको ट्रान्सफर्मर चोरी भएको छ भने तीन दिनपछि मङ्गलबार राति डगरमरवा गाउँमा रहेको ट्युबवेलको ट्रान्सफर्मर चोरी भएको छ । हप्ता दिनमै बोरिङ सिँचाइका लागि लगाइएको ट्रान्सफर्मर चोरी हुँदा स्थानीयहरू चिन्तित भएका छन् ।

चोरी भएको जानकारी आए पनि कसले चोरेको विषयमा अनुसन्धान भइरहेको विद्युत् प्राविधिकरण कृष्णनगरका प्रमुख करम आलम खाँले बताए । ट्रान्सफर्मर चोरी सम्बन्धमा इलाका प्रहरी कार्यालय बहादुरगञ्जले रातिको समयमा गस्ती गरिरहेको प्रहरी नायब निरीक्षक दीपेन्द्र गिरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *