खोजि गर्नुहोस..

तारा एयरको सम्पर्कविहीन जहाज खोज्न गएको हेलिकप्टर फर्कियो मुस्ताङ

तारा एअरको नाइन एन-एइटी जहाज पोखराबाट जोमसोमतर्फ जाने क्रममा आइतबार बिहान सम्पर्कविहीन भएपछि खोजीका लागि पठाइएको हेलिकप्टर मुस्ताङ फर्किएको छ।फिस्टेल एयरको हेलिकप्टर जहाज खोजीका लागि पठाइएकोमा मौसम खराब भएकोले मुस्ताङ नै फिर्ता आएको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणले मौसम सफा भएपछि फेरि हेलिकप्टर सम्पर्कविहीन जहाज खोजीका लागि पठाइने विज्ञप्ति निकालेर उल्लेख गरेको छ।साथै नेपाली सेनाको टोलीलाई पनि खोजी कार्यका लागि पठाइएको छ।यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जहाजमा १९ जना यात्रु थिए। तीमध्ये दुई जना तेस्रो मुलुकका, चार जना भारतीय र १३ जना नेपाली रहेको उनले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *