खोजि गर्नुहोस..

एक्लै लडेर प्रधानमन्त्री बनेर देखाउन-ओलीलाई प्रचण्डको चुनौती

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एक्लै प्रधानमन्त्री भएर देखाउन चुनौती दिएका छन्।

शनिबार प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रमको छलफलमा बोल्दै प्रचण्डले ओलीलाई कुनै पनि दलको सहयोगबिना प्रधानमन्त्री भएर देखाउन चुनौती दिएका हुन्।यसअघि दुबै पटक माओवादी केन्द्रकै वैशाखी टेकेर ओली प्रधानमन्त्री बनेको अध्यक्ष प्रचण्डले बताए।

‘हाम्रो प्रतिपक्षी दलका नेता जसलाई मैले नै सहयोग गरेर माओवादी केन्द्रकै सहयोगमा प्रधानमन्त्री हुनुभएको हो उहाँ। एक्लै भएको छु भन्ने ठान्नुभएको छ भने त्यो भ्रम हटाइदिनुस्,’ उनले भने।उनले केपी शर्मा ओली एक पटक पनि माओवादी केन्द्रको सहयोगबिना प्रधानमन्त्री नभएको दाबी गरे। यस्तै अब एक्लै लडेर प्रधानमन्त्री बने आफूले मान्ने उनले बताए।

‘तपाईं एक्लै प्रधानमन्त्री हुनुभएकै छैन। पहिलोचोटि पनि तपाईंको भाषामा माओवादी केन्द्रको वैशाखी टेकेर हुनुभएको हो। दोस्रो पटक हाम्रो पनि भोट लिएर हुनुभएको हो, उनले भने, ‘अब भएर देखाउनुस् त। अबको चुनावबाट भएर देखाउनुस् तपाईंलाई मानिन्छ। तपाईं एमालेको प्रधानमन्त्री हुनुहोला।’

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *