खोजि गर्नुहोस..

रुपन्देही तिलोत्तमाको मेयरमा काँग्रेसका खाँण र उपमेयरमा एमालेकी चौधरी निर्वाचित

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका रामकृष्ण खाँण निर्वाचित भएका हुन् । उनले एमाले उम्मेदवार मोहन चापागाइँलाई ७६५ मतले हराउँदै तिलोत्तमाको नगर प्रमुख पदमा विजयी भएका हुन् ।

तिलोत्तमाको प्रमुखमा निर्वाचित काँग्रेस नेता खाँणले २४ हजार ३९६ मत प्राप्त गरी निर्वाचित हुँदा प्रमुख प्रतिद्वन्दी एमाले उम्मेदवार चापागाइँले २३ हजार ६३१ मत प्राप्त गरे । त्यस्तै, उपप्रमुखमा भने फराकिलो मतान्तर सहित एमाले उम्मेदवार जागेश्वरीदेवी चौधरी विजयी भएकी छिन् । उपप्रमुखमा निर्वाचित चौधरीले २३ हजार ८६ मत प्राप्त गरिन । उनका निकटतम प्रतिद्वन्दी गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार हेमन्त पाण्डेले ११ हजार ५४६ मत प्राप्त गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *