खोजि गर्नुहोस..

बाल यौन दुराचारको आरोपमा शिक्षक पक्राउ

विराटनगरका एक जना शिक्षक बाल यौन दुराचारको आरोपमा पक्राउ परेका छन्। विराटनगर–४ स्थित सिर्जना ज्ञानकुञ्ज बोर्डिङ स्कुलमा अध्ययनरत १० वर्षीय बालिकालाई सोही विद्यालयका शिक्षकले बाल यौन दुराचार गरेको आरोपमा बुधबार राति पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ। ‘शिक्षक तेजेन्द्र कर्णलाई बाल यौन दुराचार गरेको आरोपमा पक्राउ गरेका हौं,’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले भने, ‘शिक्षकविरुद्ध जोहेरी परेपछि पक्राउ गरी अनुसन्धान थालेका छौं।’

गणित विषय अध्ययन गराउने शिक्षक कर्णले ती छात्रालाई डेढ महिना अगाडि स्कुलमा बाल यौन दुराचार गरेको आरोप छ। पक्राउ परेका शिक्षक कर्णलाई प्रहरीले मोरङ जिल्ला अदालतबाट ‘बाल यौन दुराचार’ मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान थालेको डिएसपी श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *