खोजि गर्नुहोस..

कपिलवस्तुमा स्थानीय चुनाव २ चरणमा हुने

कपिलवस्तु। कपिलवस्तुका ९ पालिकामा पहिलो चरणमा चुनाव हुने भएको छ भने एक पालिकामा दोश्रो चरणमा चुनाव हुने भएको छ । पहिलो चरण बैशाख ३० मा उम्मेदवारको मृत्यूका कारण हन नसकेपछि दोश्रो चरण जेठ ३ मा महाराजगंजमा चुनाव हुने भएको हो ।नेपाली कांग्रेसको तर्फबाट कपिलबस्तुको महाराजगंज नगरपालिकामा उपप्रमुख पदकी उम्मेदवार शुभावती कुर्मीको गत राती हृदयघातका कारण उनको निधन भएपछि स्थगित भएको निर्वाचन जेठ ३ गते हुने भएको छ । मतदान भने जेठ ३ गते हुने निर्वाचन अधिकृतको कार्यालयले सूचना जारी गरी जानकारी गराएको छ । हृदयघातका कारण ५५ वर्षीया कुमीको सोमबार मध्यरातमा मृत्यु भएको थियो। उनको मृत्यु पछि निर्वाचनको अधिकृतको कार्यालयले निर्वाचनको कार्यक्रम स्थगित गरेको थियो। उपमेयरकी उम्मेदवार कुर्मीको मृत्यु बारे कांग्रेस कपिलवस्तुले निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराउँदै तोकिएकै मितिमा निर्वाचन भए आफ्नो पार्टीलाई कुनै आपत्ति नहुने व्यहोराको पत्र लेखी पठाएको थियो।

सो व्यहोरासहित निर्वाचनको अधिकृतको कार्यायले निर्वाचन आयोगलाई पठाए पछि त्यहीबाट आएको निर्देशन अनुसार संशोधित निर्वाचन कार्यक्रम पुनः प्रकाशित गरिएको निर्वाचन अधिकृत कुबेर पाण्डेयले बताएका छन्। नयाँ तालिका अनुसार वैशाख २८ गते मनोनयत्र पत्र दर्ता गर्ने, उम्मेदवारको सुची प्रकाशित गर्ने, उजुरी दिन सयमसिमा तोकिएको बताएको छ । यस्तै वैशाख २९ गते मननयत्र पत्रको जाँचबुझ गर्ने, उम्मेदवारको नामावली प्रकाशन गर्ने, नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ । वैशाख ३१ गते मध्यरातदेखि मतदान हुने दिनसम्म मौन अवधि राखिएको बताएको छ। यस्तै मतदान भने जेठ ३ गते बिहान ७ बजेदेखि साझ ५ बजेसम्म राखिएको बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *