खोजि गर्नुहोस..

शिवराजका बालश्रम रहित ४ वटा ईट्टा उद्योगलाई सम्मान

कपिलवस्तुको शिवराज नगरपालिकामा रहेका ४ ओटा बालश्रम रहित उद्योगका संचालकलाई दलित मानव अधिकार निगरानी समितिले सम्मान पत्रले सम्मान गरेको छ । यसरी सम्मानित हुने ईट्टा उद्योगमा स्टार इटा उद्योग,जनता ईट्टा उद्योग, डियमसि ईट्टा उद्योग र मनिस ईट्टा रहेका छन् । बाल अधिकार नागरिक संजालका अध्यक्ष विष्णु खतिवडाले इट्टा उद्योगमा बालश्रम रहित बनाउन उद्योगिहरुले सहयोग गरेको बताएका छ्न ।   कतिपय उद्योगमा अझै पनि केहि बालवालिकाहरु काममा रहेकोले ती उद्योगहरुलाई बालश्रम रहित बनाउनुपर्ने बताएका छ्न  । शिवराज नगरपालिका तथा दलित मानव अधिकार निगरानी समितिले उद्योगमा कार्यरत वालवालिकाहरुको लागि कक्षा संचालन गरिरहेकोले यसले वालश्रम मुक्त बनाउन सहयोग पुग्ने बताउए । सम्मान कार्यक्रमले उद्योगिहरुलाई सचेत गराउने भन्दै सबै उद्योगिलाई सचेत गराउँदै बालश्रम मुक्त उद्योग बनाउनुपर्नेमा जोड दिएका छन् ।बाहीरी मुलकका पनि बालवालिकाहरु कार्यरत रहेकोले उनीहरुलाई अनौपचारिक कक्षा संचालन गरिएको दलित मानव अधिकार निगरानी समितिका अध्यक्ष मिना परियारले बताउईन ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *