खोजि गर्नुहोस..

किन दोहरिन खोजे बुद्धभूमीमा श्रेष्ठ

कपिलवस्तु  २० बैशाक यही बैशाख ३० गते हुने स्थानीय तह सदस्यको निर्वाचनमा नेपाली काग्रंसको तर्फबाट बुद्धभूमी नगरपालकामा मेयर पदमा केशव कुमार श्रेष्ठ चुनावि प्रतिसप्रर्धामा उत्रीएका छन् । केशव कमार श्रेष्ठ निर्वतमान मेयर हुन । ५ वर्ष पदमा रहदा नगरलाई विकासको गतिमा लैजान सफल नेताको रुपमा रहेका श्रेष्ठको उमेद्धारी संगै त्यस क्षेत्रका जनताहरुको उत्साह थपिएको हो । नगरको रिग रोड, १५ शैयाको अस्पताल, विभिन्न वडामा खेलकुदका संरचना , शिक्षा , कृषि लगायतका क्षेत्रमा जग बस्लान्ने कामहरु नगरमा भएका छन् । वडा नं ४ मा पर्यटन विकासको लागि ताल व्यवस्थान र पर्यटकीय स्थलको रुपमा विकास लगायतका क्षेत्रमा समेत कामहरुले नगरमा निरन्तरता पाएको छ । फुसको छानो हटाउने अभियानमा समेत निरन्तरता पाएको कारण यस्ता कामलाई आगामी कार्यकालमा सम्पन्न गर्नको लागि मेयर पदमा केशव कुमार श्रेष्ठ र उप मेयरमा मिरा थारुले उमेद्धारी दिएका छन् । बहुवर्षिय योजना अन्र्तरगत सडक पिच गर्ने कामको सूरुवात र धेरै सडकको स्तोन्नती भएको र केही काकीं योजनाहरु पुरा गर्न आफुले उमेद्धारी दिएका छन् । अगामी कार्यकालमा श्रेष्ठले नगरमा खेलकुदको लागि स्टेडियडियम निर्माण , प्रत्यक वडामा सुविधासम्पन्न प्रशासनीक भवनका साथै डिजिटल र प्रविधिमैत्री वडा वनाइ सेवा प्रवाह गर्ने जस्ता योजना अगाडी सारेका छन्। वाकीं रहेका फुस तथा खरका छाना हटाउने काममा निरन्तरता जनताको स्वास्थ्य सेवामा शिुल्क तथा उपचारमा सहुलियत , नगरमा प्राविधिक शिक्षालाय खोलेर प्राविधिक क्षेत्रमा उच्च शिक्षा दिने कामको लागि पनि योजना रहेको श्रेष्ठले बताए । गरिव ,दलित तथा विपन्न छात्राहरुलाई छात्रबृित , अपागंहरुलाई विशेष शिक्षा र सहुलियतका प्याकेट दिने योजनामा राखेको उनले बताए। त्यस्तै नगरमा रहेका समाुदायिक वनहरु संग सहकार्य गरि रोजगार संग जोड्ने र कृषि र पशु विकासको लागि प्रत्यक वडामा पकेट विकास कार्यकक्रम संचालन गर्ने योजनाहरु पनि आफुले सूरुवात गरेको र त्यसलाइ निरन्तरता दिने उनले बताए । नेपाली कागे्रंसका पुराना नेता हालै सम्पन्न नेपाली काग्रेसको १४ औ महाधिवेशनमा उनी क्षेत्र नं २ मा धेरै मत मन्तरले सभापतिमा निर्वाचित समेत भएका छन् । पार्टीका विभिन्न पदमा बसेर संगठन निर्माण र जनताको काम गर्ने नेताको रुपमा अब्बल रुपमा सावित भएका नेता हुन् । विभिन्न कार्यक्रममा समयमा उपस्थिती हुने र योजना निर्माण र कार्यान्यवमा सवल रुपमा जिल्लामै चिनिएका नेता हुन । जनताको घरदैलोमा रमाउने नेताको रुपमा स्थापति नेता हुन् । बुद्धभूमी १ मा उनको निवास रहेको छ । त्यस्तै उप मेयरमा मिरा थारु पनि निर्वतमान नगर उप प्रमुख हनु थारु समुदायमा दरिलो प्रभावका रुपमा रहेकी थारु संगठनमा प्रदेश प्रतिनधी हुन् । बुद्धभूमी २ निवासी थारु लामो समयसम्म संघ संस्थामा बसेर काम गर्नुका साथै महिला हक अधिकारको क्षेत्रमा काम गर्ने अब्बल अधिकारकर्मीको रुपमा परिचित छन् । महिला तथा आदिवासी र विपन्न वर्गहरुको क्षमता विकास र रोजगारीको लाग अवसर सिर्जना गर्नको लागि आफु उप मेयरमा उमेद्धारी वताइन् । महिलाहरुको क्षमता विकास भई विभिन्न क्षेत्रमा काम गर्न सफल दिदिबनिहरुलाई थप क्षमतावान वनाउने समेत थारुले बताइन् । २०७४ को निर्वाचनमा बुद्धभूमीबाट प्रमुख, उप प्रमुख सहित १० वडा मध्ये ५ वडामा अध्यक्ष काग्रेंस वाट निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *