खोजि गर्नुहोस..

रुपन्देहीको देवदहबाट अवैध हातहतियारसहित ४ जनालाई प्रहरीले पक्राउ

रुपन्देही । रुपन्देहीको देवदहबाट अवैध हातहतियारसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार दिउँसो देवदह(६ , पाल्पाली सामुदायिक वनभित्र अवैध हतियारसहित उनीहरु पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार चोरी शिकारीमा निस्केका उनीहरुको साथबाट ७ नाल भरुवा बन्दुक, बारुद ३२७ ग्राम, सिसाको छर्रा १२९ थान, केप ७५ थान र पेचकस २ थान पक्राउ गरिएको छ । यसैगरी फलामको चक्कु २ थान बरामद गरिएको प्रहरीले जनाएको छ । शनिबार दिउँसो हतियारसहित पक्राउ पर्नेहरुमा रुपन्देहीको देवदह नगरपालिका ६ सटाकखोला बस्ने ३६ वर्षीय गणेश राना, सोही ठाउँका ४६ वर्षीय कृष्ण बहादुर कामी, ३६ वर्षीय चेत बहादुर दर्लामी र ५० वर्षीय सुन बहादुर आले रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *