खोजि गर्नुहोस..

तराईमा तातो हावा चल्न थालेकाले सावधानी अपनाउन र ‘लु’ बाट बच्न सरकारको आग्रह

काठमाण्डाै ।  तराईमा तातो हावा चल्न थालेकाले सावधानी अपनाउन सरकारले आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  सूचना नै निकालेर तराईमा तातो हावा चलेको र यसबाट लु हुन सक्ने भन्दै दिउँसो घरबाट ननिस्कन आग्रह गरेको छ ।  बाहिर निस्कनै परे पातलोे कपडाले टाउको छोप्ने वा छाता ओढ्ने, फलफूलको रस वा पानी पिउने, धेरै पसिना आएमा कहिलेकाहीँ जीवनजल पिउने, चिसो पानीले नुहाउने, खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका गर्ने, चिनीको मात्रा बढी भएको झोल पदार्थ बढी नपिउने, चिया, कफी, सोडाजस्ता पेयपदार्थ नपिउन भनिएको छ ।

मौसमविद्का अनुसार कुनै पनि ठाउँमा लगातार ४० डिग्री सेल्सियसभन्दा धेरै तापक्रम भएमा त्यस ठाउँमा तातो हावा चल्छ र त्यस्तो ठाउँमा लु लाग्ने सम्भावना हुन्छ । पश्चिमी सुक्खा वायुको प्रभावका कारण तराईका केही ठाउँमा ४० डिग्री सेल्सियसभन्दा धेरै तापक्रम पुग्न थालिसकेकाले सतर्कता अपनाउन मौसमविद् हिरा भट्टराईले आग्रह गर्नुभएको छ ।  तातो हावाबाट श्वासप्रश्वासमा असर पर्ने, रक्तचाप कम हुने, शरीरबाट पसिना निस्कने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने, अचेत हुने, शरीरको तापक्रम एक सय चार डिग्री फरेनहाइटभन्दा बढी हुनाका साथै  छाला सुक्खा, रातो र तातो हुने डाक्टरले बताएका छन् । तराईका क्षेत्रमा तातो हावा चल्न थालेको भए पनि पहाडी क्षेत्रमा केही ठाउँमा भने आज मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको माैसमविद् भट्टराईले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *