खोजि गर्नुहोस..

पालिका चुनावका लागि एक लाख ४० हजारभन्दा धेरैको मनोनयन दर्ता

काठमाण्डाै । आउँदो ३० गते हुने पालिका चुनावका लागि एक लाख  ४०  हजारभन्दा धेरैको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार एक लाख ४१ हजार ४ सय ६८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मेयरमा तीन हजार ३ सय १८‚ उपमेयरमा दुई हजार ३६‚ अध्यक्षमा तीन हजार ३ सय ६ र उपाध्यक्षमा दुई हजार ३ सय ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै‚ वडाध्यक्षमा ३३ हजार १ सय ११‚ महिला सदस्यमा २४ हजार २ सय ८३‚ दलित महिला सदस्यमा २१ हजार ९ सय ७९ र वडा सदस्यमा ५१ हजार ९२ जनाले उम्मेदवारी दिएका छन् ।

प्रदेशगत रूपमा सबैभन्दा बढी मधेसमा ३६ हजार २ सय ७५ र सबैभन्दा कम सुदूरपश्चिममा ११ हजार ७ सय ६२ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।  यस्तै‚ प्रदेश-१ मा २२ हजार १ सय ९४‚ वाग्मतीमा २३ हजार ६ सय ५४ र गण्डकीमा १२ हजार ३ सय १४‚ लुम्बिनीमा २२ हजार ४ सय २१ र कर्णालीमा १२ हजार ८ सय ४८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारको विरोधमा आज दाबी विरोधको उजुरी दिन सकिने छ । भोलि र पर्सि उजुरीमाथि जाँचबुझ गरिने र १६ गते उम्मेदवारले नाम फिर्ता र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।१७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *