बुद्धभूमी । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली काग्रंसको तर्फबाट बुद्धभूमी नगरपालकामा केशव कुमार श्रेष्ठको नेतृत्वमा उमेद्धारी दर्ता भएको छ ।
नगर प्रमुखमा केशव कुमार श्रेष्ठ र उप प्रमुखमा मिरा थारुको मनोनयन दर्ता भएको छ । केशव कुमार श्रेष्ठ निबर्तमान नगर प्रमुख हुन् । नेपाली काग्रेसका पुराना नेता हालै सम्पन्न काग्रैसको १४ औ महाधिवेशनमा क्षेत्र नं २ मा धेरै मत मन्तरले सभापतिमा निर्वाचित समेत भएका थिए। पार्टीका विभिन्न पदमा बसेर संगठन निर्माण र जनताको काम गर्ने नेताको रुपमा अब्बल रुपमा सावित भएका नेता, विभिन्न कार्यक्रममा समयमा उपस्थिती हुने र योजना निर्माण र कार्यान्यवमा सवल रुपमा जिल्लामै चिनिएका नेता हुन ।
जनताको घरदैलोमा रमाउने नेताको रुपमा स्थापति श्रेष्ठ बुद्धभूमी १ मा बसोबास गर्ने गर्दछन् । त्यस्तै उप प्रमुख मिरा थारु पनि निर्वतमान नगर उप प्रमुख हनु थारु समुदायमा दरिलो प्रभावका रुपमा रहेकी थारु कांग्रेसको प्रदेश प्रतिनधी हुन् । बुद्धभूमी २ निवासी थारु लामो समय सम्म संघ संस्थामा बसेर काम गर्नुका साथै महिला हक अधिकारको क्षेत्रमा काम गर्ने अब्बल अधिकारकर्मीको रुपमा परिचित छन् ।
यसै गरि नेपाली कांग्रेसको तर्फबाट वडा नं १ मा तेज तिलक बस्नेतले वडा अध्यक्षमा उमेद्धारी दिएका छन् । बस्नेत निवर्तमान वडा अध्यक्ष हुन् युवा नेताको रुपमा परिचत बस्नेत संगठनको महाधवेशन प्रतिनिधी हुन् । वडा नं २ मा सुरज प्रताप राणाले उमेद्धारी दिएका छन् उनी संगठनको नगर उप सभापति हुन् । अघिल्लो निर्वाचनमा झिनो मतले पराजित राणा दरिलो प्रतिसप्रर्धाको रुपमा उत्रिएका छन् । त्यस्तै वडा नं ३ मा नरायण पाण्डेले उम्मेद्धारी दिएका छन् । उता वडा नं ४ मा पवन थारुले उमेद्धारी दिएका छन् उनि पनि निर्वतमान वडा अध्यक्ष हुन्, उनि पार्टीको क्षेत्र नं २ ‘क’ को प्रदेश पनि सचिव हुन् । कपिवस्तु बहुमुखी क्याम्पसमा अध्ययनको क्रमबाटै विद्यार्थी नेता स्वतन्त्र विद्यार्थी युनियका विभिन्न पदमा रहेर काम गर्दे आएका युवा नेता थारु समुदायमा जिल्लामै परिचित नेत हुन् । त्यस्तै वडा नं ५ मा वेचन प्रसाद यादव उमेद्धारी दिएका छन्, उनि पनि निर्वतमान वडा अध्यक्ष हन् । वडा नं ६ मा येलेन्द्र प्रसाद कुर्मी ( राजु ) ले उमेद्धारी दिएका छन् उनी अघिल्लो निर्वाचनमा झिनो मतले पराजित भएका थिए । वडा नं ७ मा रावेन्द्र सिंहले उमेद्धारी दिएका छन्, उनि पार्टीको क्षेत्र नं २ प्रदेश सभा ‘क’ को सभापति हुन् । विगत देखी नै सामाजिक क्षेत्रमा काम गर्दै आएका सिंह परिवार विद्यालय तथा अस्पताललाई जग्गा दिने जग्गा दाता पनि हुन् । त्यस्तै वडा नं ८ मा कपिलवदेव तिवारीले उमेद्धारी दिएका छन् । उनि निर्वतमान वडा अध्यक्ष हुन जनतामा लोकप्रिय नेता संगठनको लुम्वनी प्रदेश सदस्य हुन् । वडा नं ९ मा प्रमोद आर्चायले उमेद्धारी दिएका छन्, युवा नेता र समाजसेवीको रुपमा चिनिन्छन् । त्यस्तै वडानं १० मा नगर उपसभापति समेत हुन् राधेश्याम चौधरीले उमेद्धारी दिएका छन्, युवा समाजसेवी चौधरी इन्जिनियर समेत हुन् ।
२०७४ मा सम्पन्न स्थानिय तहको निर्बाचनमा बुद्धभूमीबाट प्रमुख, उप प्रमुख सहित १० वडा मध्ये ५ वडा अध्यक्ष काग्रेंसबाट निर्वाचित भएका थिए ।
Related