खोजि गर्नुहोस..

मनोनयन दर्ताको पहिलो दिन हिजाे दाङमा २ सय ३७ जनाको उम्मेदवारी

दाङ ।  पालिका चुनावका लागि मनोनयन दर्ताको पहिलो दिन हिजाे २ सय ३७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । विभिन्न  दल र स्वतन्त्र  गरेर २ सय ३७ जनाले मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्ष, वडा अध्यक्षसहित सदस्य पदमा उम्मेदवारी दर्ता गराएका प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । कार्यालयका अनुसार पहिलो दिन सबैभन्दा धेरै घोराही उपमहानगरपालिकामा ८३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । घोराहीको मेयरमा ७ जना, उममेयरमा ४ जना र वडा अध्यक्षमा २९सहित ८३ जनाले उम्मेदवारी दर्ता गराएका प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभएको छ ।

त्यसैगरी उहाँका अनुसार तुलसीपुर उपमहानगरपालिकामा मेयरमा ३, उपमेयरमा ३, वडा अध्यक्ष १२ सहित ३५ जनाले उम्मेदवारी दर्ता गरका छन् । दङ्गीशरण गाउँपालिकामा अध्यक्षमा २, उपाध्यक्षमा १, वडा अध्यक्षमा ५ सहित १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । बबई गाउँपालिकामा अध्यक्षमा ३, उपाध्यक्ष १, वडाध्यक्ष ६ सहित १५ जना, राजपुर गाउँपालिकामा अध्यक्ष १, उपाध्यक्ष १, वडा अध्यक्ष ५ सहित २४ जना, राप्ती गाउँपालिकामा अध्यक्षमा १ र वडा अध्यक्षमा ३ सहित १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

गढवा गाउँपालिकामा अध्यक्षमा १, उपाध्यक्ष १, वडाध्यक्षमा ८ सहित ४२ जनाले उम्मेदवारी दर्ता गरेका छन् । लमही नगरपालिकामा मेयरमा १, उपमेयरमा १ र वडाध्यक्षमा १ सहित ३ जना र शान्तिनगर गाउँपालिकामा वडा अध्यक्षमा ३ र सदस्यमा ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सूचना अधिकारी कुँवरका अनुसार पहिलो दिन बङ्गलाचुली गाउँपालिकामा कुनै पनि दल र स्वतन्त्रले उम्मेदवारी दिएका छैनन् । पहिलो दिन साना दलले उम्मेदवारी दर्ता गरे पनि गढवा गाउँपालिकामा भने नेकपा एमालेले उम्मेदवारी दर्ता गराएको छ । एमालेले पालिका अध्यक्षका लागि सहजराम यादव, उपाध्यक्षमा सीता चौधरीले उम्मेदवारी दर्ता गराएको प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ । गढवा गाउँपालिका बाहेकका अन्य पालिकाहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादीलगायतका पार्टीलाई उम्मेदवारी दर्ताका लागि आजकाे समय निर्धारण गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *