अर्घाखाँची जिल्लामा ५ दलिय गठबन्धनबाट जनता समाजवादी पार्टी बाहिरिएको छ । राजनितिक र प्राबिधिक रुपमा कुरा नमिलेपछि अर्घाखाँचीमा जसपा ५ दलिय गठबन्धनबाट बाहीरीएको पार्टीका नेता गोकर्ण थापाले जानकारी दिनुभयो । गठबन्धनबाट बाहीरीएपनि सम्वाद भने जारी रहने थापाको भनाई छ । जसपाले सबै पालीकामा एकलरुपमा पार्टीका उमेद्वार उठाउने पनि जनाएको छ । उता ४ दलिय गठबन्धन दलहरु उम्मेद्वारको मनोनयन दर्ता गर्न १ दिन बाँकी हुँदा पनि स्थानिय तहको भागबन्डामा सहमती भएको छ । भागबन्डा-सहमती केही बेरमा सार्वजनिक गर्दै छन् ।
Related