खोजि गर्नुहोस..

बुद्ध जयन्तीमा तिलौराकोटमा ३ दिनसम्म विशेष कार्यक्रम हुने

लुम्बिनीमा २५ सय ६६औं बुद्धजयन्ती तथा लुम्बिनी दिवस भव्यताका साथ मनाउने तयारी गरिएको छ । कोरोना भाइरस संक्रमणको उच्च जोखिमले विगत दुई वर्षदेखि स्थगित हुँदै आएको बुद्धजयन्ती तथा लुम्बिनी दिवस यसपटक विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाइने लुम्बिनी विकास कोषले जनाएको हो । विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रूपमा लिने गरेका छन् ।

यसपटक बुद्धजयन्तीका अवसरमा बुद्धजन्मस्थल तथा देवदह र कपिलवस्तुको तिलौराकोटमा तीन दिनसम्म विशेष कार्यक्रम गरिने लुम्बिनी विकास कोषका कोषाध्यक्ष तथा प्रचारप्रसार उपसमितिका संयोजक ढुण्डिराज भट्टराईले जानकारी दिनुभयो । जेठ २ गते बुद्धजयन्ती विशेष समारोह लुम्बिनीमा आयोजना हुनेछ । विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मजयन्तीका दिन संयुक्त राष्ट्रसङ्घीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजनिक बिदा दिइँदै आएको छ । हरेक वर्ष संसारभरबाट लाखौंको संख्यामा तीर्थालु पर्यटक तथा अध्येता लुम्बिनीको भ्रमण गर्छन् । त्यसबाहेक बुद्धले २९ वर्ष बिताएको तिलौराकोट दरबार क्षेत्रमा पनि पर्यटकको संख्या बढ्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *