कास्की । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पोखरा महानगरपालिकामा मेयर र उपमेयरको उम्मेदवारको टुङ्गो लगाएको छ । पोखराको मेयरको उम्मेदवार शङ्कर खराल र उपमेयरमा रञ्जना सेन पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।खराल विश्व हिन्दु महासङ्घका उपाध्यक्ष र गण्डकी प्रदेशका अध्यक्ष हुनुहुन्छ । साथै उहाँ ब्राम्हण समाज नेपालका केन्द्रीय सदस्य, पूजा व्यवसायी समितिका अध्यक्ष पनि हुनुहुन्छ । खराल दुई महिनाअघि मात्रै राप्रपामा प्रवेश गर्नुभएकाे थियाे । महानगरपालिकाहरूका मेयरहरू सम्बन्धित समितिहरूले लागू गरेको सिफारिसको आधारमा उम्मेदवार बनाउने निर्णय केन्द्रले गरेको हो । अघिल्लो निर्वाचनमा राप्रपाले पोखराको मेयरमा २ हजार २ सय ७२ मत प्राप्त गरेको थियो ।
Related