खोजि गर्नुहोस..

नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ७३ वर्ष पूरा

काठमाण्डाै ।  नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ७३ वर्ष पूरा भएको छ । ७३ वर्षअघि आजकै दिन २००६ सालमा भारतको काेलकातामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । नेकपा स्थापना गर्दा संस्थापक सदस्यमा मोतीदेवी श्रेष्ठ, निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य र नारायणविलास जोशीलगायतका नेताहरू थिए । महासचिवमा पुष्पलाल श्रेष्ठ हुनुहुन्थ्यो । २०१५ सालमा भएको पहिलो आम चुनावमा कम्युनिस्ट पार्टीले चार सिट जितेको थियो । त्यसक्रममा केशरजंग रायमाझीले पञ्चायती व्यवस्थाको समर्थन गरेलगत्तै कम्युनिस्ट पार्टी औपचारिक विभाजन भएको थियो । नेपालका कम्युनिस्ट पार्टीहरू धेरैपटक फुट र जुटको शृङ्खलामा सामेल भएका छन् ।

पछिल्लाे पटक २०७४ सालको चुनावमा गठबन्धन बनाएर चुनावमा गएका एमाले र माओवादी केन्द्र २०७५ सालको जेठ ३ गते एउटै पार्टी बनाउन सफल भए पनि फेरि अलग पार्टी बनेको छ । एमालेमा पनि विभाजन भएको छ । आपसमा विभाजन भएका कम्युनिस्ट पार्टीहरू यसपालि कोही कांग्रेससँग र कोही अर्को पार्टीसँग तालमेल गरेर चुनावी अभियानमा जुटेका छन् । यसैबीच कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर एमालेले आज यही वैशाख ३० गते हुने पालिका चुनावलाई केन्द्रित गरेर घोषणापत्र सार्वजनिक गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *