खोजि गर्नुहोस..

छन्द दिवसमा नवसर्जक साहित्य चौतारीको प्रदेश कार्यालय कपिलवस्तुमा उद्घाटन

कपिलवस्तु । नवसर्जक साहित्य चौतारी नेपाल लुम्बिनी प्रदेश समितीको कार्यालय कपिलवस्तुमा उद्घाटन गरिएको छ । छन्द दिवसको अवसर पारी आज एक कार्यक्रमका बीच जिल्लाको बाणगङगा ८ चप्परगाउँमा कार्यालय उद्घाटन गरिएको हो । केन्द्रीय कार्यालय हेटौंडामा रहेको यस नवसर्जक साहित्य चौतारी नेपालको लुम्बिनी प्रदेश कार्यालय कपिलवस्तुमा प्रहिलो प्रादेशिक कार्यालयका रुपमा उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलकबहादुर पछाइले नेपाली साहित्य, भाषा, कलाको जगेर्ना गर्नको लागि नव सर्जक साहित्य चौतारी नेपालको महत्त्वपूर्ण भुमिका रहेको बताउनुभयो । उहाँले नव प्रतिभाहरुको प्रतिभालाई प्रस्फुटन गराइ साहित्यको विकासमा जोड दिन यो संस्था अग्रसर भएकोमा थप प्रगतिको कामना गर्नुभयो । यस्तै वरिष्ठ साहित्यकार मोहन ज्ञवालिले यस संस्थाले नव सर्जकहरुको सिर्जनालाई जोड दिदै नेपाली साहित्यको विकासमा रहेर काम गर्न थालेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा साहित्यकार इन्द्रबहादुर कोइराला, दुर्गा पौडेल, प्रकाश भुसाल, देवका भण्डारी लगायतले सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो । यस संस्थाले हरेक शुक्रवार र रबिवार बेलुका नवसर्जक पाठशाला नामक साहित्यिक प्रशिक्षण कार्यक्रम गर्दै आएको नवसर्जक साहित्य चौतारी नेपालका सल्लाहकार ऋषिकेशव भारद्वाजले जानकारी दिनुभयो । उहाँले नवसर्जकहरुलाइ कार्यक्रममा जोडिन समेत आग्रह गर्नुभयो । यस संस्थाको संरक्षकत्व देशका वरिष्ठ साहित्यकारबाट भैसकेता पनि लुम्बिनी प्रदेस समितिको संरक्षकत्वमा बाल स्रस्टाको खोज अनुसन्धान गरिरहनुभएका प्रा। डा। शालिकराम पौड्यालले गर्नुभएको समेत उहाँले जानकारी दिनुभयो । यस साहित्यिक संस्थाले ७ वटै प्रदेशमा प्रादेशिक समिती विस्तार गर्दै तेस्रो चरणको प्रशिक्षण अभियान संचालन गर्ने तयारी समेत गरेको छ । नव सर्जक साहित्य चौतारी नेपालकी केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश संयोजक जोशिका कडेलञ निशा झ अध्यक्षता रहेको कार्यक्रम चौतारीका सल्लाहकार ऋषिकेशव भारद्वाजको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *