खोजि गर्नुहोस..

कसरी बन्ला कांग्रेस अन्तरद्वन्द्व प्रतिरोधक पार्टी ?

डा. विकास सिंह (गगन)
इतिहास पल्टाएर हेर्दा कालान्तरमा नेपाली कांग्रेसको जनआधार खस्किदै गएको प्रत्यक्ष रुपमा महसुस गर्न सकिन्छ । गएको स्थानीय तह र संसदिय निर्वाचनको नतिजा यसका गतिला नजिर हुन । समाजवाद, राष्ट्रियता र प्रजातन्त्रमा विश्वास राख्ने दलको जनआधार खस्किनु देश र जनताको लागि कदापि फलदाहि हुदैन, त्यसैले यो विषयमा गहन छलफल र समिक्षा हुनु नितान्त आवश्यक छ ।
बिडम्वनानै भन्नु पर्छ कांग्रेस भित्र यस विषयमा ठोस विश्लेषण भएकै छैन् । हाम्रा नेताहरुको भाषण सुन्दा नेपाली कांग्रेसको जनआधार गुुम्नुमा दल भित्र भएको गुट उपगुट तथा अन्तर कलह नै यसको प्रमुख कारण हो भन्ने नेतृत्वको ठम्याई छ, भन्ने प्रष्ट हुन्छ । कुनै पनि रोगको उपचार गर्न रोगको सहि निदान आवश्यक हुन्छ । यदि रोग निको भएको छैन भने निदानमै केहि त्रुटि छ भन्ने प्रष्ट हुन्छ । त्यसै गरि अन्तरद्वन्द नै नेपाली कांग्रेसको समस्या भए संस्थापन र सस्थापन इतर पक्षमा गरिने ६० र ४० को भागवन्डाले पार्टीलाई किन मजबुत पार्न सकेन ? यो कुराले पनि हाम्रो नेतृत्वको विश्लेषण, निश्कर्ष सतही र आधारहिन हुन भन्ने प्रष्ट हुन्छ ।
उदाहरणको लागि यदि कुनै संरचना २ रेक्टरको भुकम्पले भत्किन्छ भने त्यो संरचना भुकम्पले गर्दा हो वा कमसल जग र पिलरले गर्दा भत्किएको हो ? आजभोली ८ रेक्टर सम्मको भुकम्पलाई सहन सक्ने संरचनाहरु निमार्ण भई रहेका छन् । भुकम्प गइिरहने देशहरुमा भुकम्प प्रतिरोधक संरचनाहरु बनाईएका हुन्छन् । कुनै पनि जिवन्त दलमा गुट उपगुट र अन्तर कलह हुनु नित्तान्त स्वभाविक र प्राकृतिक घटना हो । भारतिय जनता पार्टीले सन २०१४ मा भएको निर्वाचनमा नरेन्द्र मोदिलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दा बिजेपी संस्थापक नेता लालकृष्ण आणवानी समुहका नेताहरु रुष्ट भएकै हुन । आम आदमी पार्टि (आप) का संस्थापक नेताहरु प्रशान्त भुषण, योगेन्द्र यादव तथा कुमार विश्वास लगायतका नेताहरुले (आप) छोडेकै हुन, नेपाली कांग्रेसको इतिहास हेर्दा पनि मात्रिका प्रसाद कोईराला र तुलसि गिरी जस्ता नेताहरुले नेपाली कांग्रेस परित्याग गरेकै हुन । राजनीतिमा यस्ता घटनाहरुका अनगिन्ती उदाहरणहरु भेटिन्छन् । नेतृत्व पंक्तिले गुट उपगुट र अन्तर कलह कुनै पनि राजनितिक दलको मुल भुत गुण हो, भन्ने कुरा आत्मसात गर्न जरुरी छ । अनिमात्र यसको सही उपचार निकाल्न सकिन्छ । भारतमै अन्तरद्वन्दका बावजुत भाजपा र आप कसरि फस्टाईरहेका छन यो कुरा बुझन जरुरी छ । अनि मात्र अन्तरद्वन्द प्रतिरोधक दल निर्माण गर्न सकिन्छ ।
अन्तरद्वन्द प्रतिरोधक दल निर्माण गर्नका लागि विश्व इतिहासकै महान व्यक्तित्व नेपोलियन वोनापार्ट संग केहि पाठ सिक्न सकिन्छ । नेपोलियनले भनेका थिए । “An Army Marches on Its stomach ” अर्थात हातहतियार र गोलि बारुदले होईन सैनिक लाई चढाई गर्न रसदको आवश्यकता हुन्छ । यसको गतिलो उदाहरण सन १७६१ मा भएको मराठा र दुरानी साम्रराज्य बिच भएको तेस्रो पानिपथको लडाई हो । मराठाहरुले रसद आउने दोवावको बाटोमा आºनो कब्जा कायम राख्न नसक्दा ठुलो सैन्यदल र हातहतियार हुंदा हुंदै पनि इतिहासकै ठुलो हार बेहोर्नु पर्यो । मराठा साम्रराज्य यो हार बाट कहिले बाहिर आउन सकेन क्रमस उनिहरुको शक्ति क्षिण हुंदै गयो र कालान्तरमा भारतमा अंग्रेजहरुको आधिपत्य हुन पुग्यो ।
नेपोलियनको भनाई लाई अहिलेको राजनितिक परिवेशमा उल्था गर्ने हो भने  “A Well Functioned Political Organization Run On Mutual Respect” अर्थात कुनै पनि राजनितिक संगठन सम्मानले चल्छ । संगठन भन्नाले पार्टीको विभिन्न तह र तप्कामा रहेका पदाधिकारीहरु मात्रै होईनन् संगठन भनेको सर्वसाधारण जनताहरुको समुह हो । जसले पार्टीको आदर्श नीति लाई आत्मसाथ गरि सामाजिक र सामुहिक हितलाई सर्वोपरि राखि निस्वार्थ भावनाले पार्टीको चिन्नलाई रोज्ने गर्दछन् । यस्ता व्यक्तिहरु पार्टी बरियतामा सबै भन्दा तल्लो तहमा पर्दछन् । तर जवजव पार्टी र देशलाई बलिदानको खाँचो हुन्छ इनिहरु अग्रपक्तीमा खडा हुन्छन् । यस्ता निश्वार्थ र परम बलिदानिहरुको रगत पसिनाले देश र पार्टी जिवन्त रहन्छ । यिनिहरुलाई पार्टीमा जोडन नेपाली कांग्रेसले टोल कमिटिको अवधारणा ल्याएको छ । तर एउटा दुःखको कुरा टोल कमिटिलाई पार्टीका ठुला नेताहरुले नितिगत निर्णय गर्दा कहिले सामिल गर्दैनन् । पार्टीको सिफारिसले हुने काममा पनि टोल कमिटिलाई वेवास्ता गरिन्छ, तिनिहरु संग छलफल र सल्लाह गर्ने औपचारिकता सम्म पनि निभाईदैन् । चुनाव र आन्दोलनको बेला मात्र यिनिहरुलाई सम्झने गरिन्छ ।
बरु हिन्दुस्तानका महान संम्राट अकवर भेस बदलेर रैतिहरुको बिचमा गई तिनिहरुको राय सल्लाह बुझने गर्थे । हाम्रा पार्टीका संम्राटहरु पार्टीको साधारण कार्याकर्ताहरु संग राय लिनु त धेरै .ठुलो कुरा भयो तिनिहरु पार्टीमा छन भन्ने महसुस सम्म पनि गराउदैनन् । आºनो दरबारमा बिन्ती पत्र चढाउने र चाकडी गर्नेहरुलाई मात्र काखि च्यापेर इमान्दार कार्यकर्तालाई पाखा लगाउने गर्छन् ।
चाकडीबाजहरुको तपस्याबाट खुसी भई शिवले जस्तो तथास्तु भनी भष्मासुर जन्माईन्छ । यस्ता भष्मासुरहरु नितान्त व्याक्तिगत स्वार्थलेमात्र नेतृत्वसंग जोडिएको हुन्छन् । आफ्नो स्वार्थ पुरा नहुंदा नेता र पार्टीलाई यिनीहरुले खरानी पार्दछन् । धान खाने मुसो गाल पर्ने भ्यागुता भने जस्तै चुनाव हारे पछी हाम्रा नेताहरु कंग्रेसले नै कंग्रेसलाई हरायो भन्ने राग अलाप्न थाल्छन् ।
संस्कृतमा एउटा उखान छ । ‘धर्मो रक्षती रक्षितः’ अर्थात जस्ले धर्मको रक्षा गर्छ उसलाई धर्मले रक्षा गर्छ । राजनैतिक भाषामा भन्नु पर्दा ‘संगठन रक्षती रक्षितः’ जसको अर्थ जस्ले संगठनको रक्षा गर्छ उसलाई संगठनले रक्षा गर्छ ।
ढोगीहरुको झुटो तपस्यासंग प्रशन्न भई जव सम्म नेतृत्वले तथास्तु भन्दै भष्मासुर पैदा गर्छ, ईमान्दार कार्यकर्ताहरुको अस्तित्व सम्म स्वीकारीदैन्, कार्यकर्ताहरुलाई सम्मान दिदैनन् तव सम्म कांग्रेस पार्टी कहिले पनि उभो लाग्दैन् । नेतृत्वपक्तिले कार्यकर्ताहरुको दुई छाक टारदिनु पर्दैन उनिहरुको अस्त्वि स्वीकार गरि हासेर बोल्दिए पुग्छ । जुन पार्टीमा कार्यकर्ताको सम्मान हुन्छ, त्यो पार्टी प्रतिको कार्यकर्ताको माया, स्नेह र आकर्षण हुन्छ ।
कार्यकर्ताहरु नेतामुखी नभई पार्टी मुखी हुन्छन् कार्यकर्ताले व्याक्ति होईन पार्टी रोज्जछन, व्याक्ति होइन पार्टी बोक्छन् । अनि बल्ल बन्छ कांग्रेस अन्तरद्वन्द्व प्रतिरोधक पार्टी, अनी कांग्रेसले कांग्रेसलाई कहिले हराउदैन् ।

लेखक नेपाली कांग्रेस कपिलवस्तु नगरपालिका वार्ड नं. ३ का बुथ सभापती हुन

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *