खोजि गर्नुहोस..

मायादेवि साझेदारी वनको अतिक्रमण जग्गा हटाउन सुरु

कपिलवस्तुको मायादेवि साझेदारी वनको अतिक्रमण भएको जग्गा हटाउन सुरु गरिएको छ । विगत ५/७ बर्ष देखि अतिक्रमण गरेर खेति गरिएका जग्गा हटाउन सुरु गरिएको हो । बाणगंगा नगरपालिका वडा न.११ स्थित वरवा बाट डोजर लगाई अतिक्रमण जग्गा हटाउन थालिएको छ । वनले सरकारी अमिनबाट जग्गा छुट्याएर नेपाल प्रहरी, सशस्त्र प्रहरी, सशस्त्र वन रक्षकको उपस्थितीमा डोजरले खाल्डो खनेर जग्गा हटाउन थालेको हो । मायादेवि साझेदारी वनले करिब १ हजार हेक्टर अतिक्रमीत जग्गा हटाउन मंगलवार देखि थालनि गरेको छ । यस वनमा कपिलवस्तुको शुद्धोधन गाँउपालिका, कपिलवस्तु नगरपालिका, मायादेवि गाँउपालिका तथा बाणगंगा नगरपालिकाका हुकुमवासिहरु आफ्नो घरमा ताला लगाएर जग्गा हडप्न त्यहाँ आउने गरेको मायादेवि साझेदारी वनका अध्यक्ष अव्दुल अजिज खाँले बताए । उनले त्यस्ता हुकुवासि जसले जग्गा कव्जा गर्ने एक,दुई बर्ष खेति गर्ने र बेचेर जाने हुदाँ द्धन्द्ध उत्पन्न हुने भएकाले यसलाई तत्काल हटाउन लागिएको बताए । यस साझेदारि वन भित्र वनको जग्गा कव्जा गरेर बसेका वास्तबिक सुकुम वासिलाई पहिचान गरि व्यवस्थापन गर्ने र हुकुमबासिका घर टहरापनि भत्काउने अध्यक्ष खाँको भनाई छ । उनका अनुसार मायादेवि साझेदारी वन कव्जा गर्ने गिरोह बाणगंगा वडा न. १० मा बढि रहेको बताए । सब डिभिजन वन कार्यालय पटना अन्र्तगत रहेको मायादेवि साझेदारी वनले करिब १८ किलोमिटर जग्गा हटाउने र खालि जग्गामा बिरुवा रोपेर संरक्षण गर्ने सब डिभिजन वन कार्यालय पटनाका प्रमुख पहलमान सेर्पुजाले बताए । वनको क्षेत्र वनमै कायम गरेर वनलाई हरावरा बनाउने महाअभियान सञ्चालन गरेको उनको भनाई छ । वन ऐन, २०४९ को दफा १७ अनुसार राष्ट्रिय वनमा कुनै पनि व्यक्तिलाई हक वा सहुलियत प्राप्त नहुने भएकोले सो कार्य वन ऐन, २०४९ को दफा ४९ को उपदफा (क) विपरीतको कार्य भएकोले सो वन क्षेत्र अतिक्रमण गरी खेतिपाती गरिएको जग्गा वनमै फिर्ता हुने सब डिभिजन कार्यालय पटनाले जानकारी दिएको छ । प्रस्तुत प्रेसपाटी साभार

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *