रूपन्देही । रूपन्देहीको सिद्धार्थनगर नगरपालिकामा पनि नेपाली कांग्रेसले सर्वसम्मत् रूपमा नगरप्रमुखको उम्मेदवारमा मोहम्मद इस्तियाक खानलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सत्तारूढ पाँच दलीय गठबन्धनको भागबण्डापछि सिद्धार्थनगर नगरपालिकामा पनि नेपाली कांग्रेसको भागमा परेको थियो । खान संविधान सभा सदस्य समेत रहिसकेका छन् । कांग्रेस सिद्धार्थनगर समितिका सभापति कोशिसबहादुर खड्काले जनभावना अनुरूप खानलाई पार्टीले उम्मेदवार बनाउने निर्णय गरेको बताए ।
Related