खोजि गर्नुहोस..

तराई तथा चुरे क्षेत्रमा अझै केहि दिन गर्मी बढ्ने मौसम पूर्वानुमान महाशाखा

काठमाण्डाै । तराई तथा चुरे क्षेत्रमा गर्मी बढ्दै गएको छ । केही दिनदेखि गर्मी बढिरहेको र अझैगर्मी बढ्ने देखिएको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले गर्मीबाट बच्ने उपाय अपनाउन आग्रह गरेको छ ।

गर्मी बढेको बेलामा सकेसम्म दिउँसोको समयमा घरबाहिर ननिस्कन र निस्कनै परे प्रशस्त पानी पिउनुका साथै अनुहार र शरीरमा सिधा घाम पर्न नदिन छाता ओढ्नेलगायत उपाय अपनाउन वीर अस्पतालका कन्सल्ट्यान्ट फिजिसियन डा. धुव्र गैह्रेको सुझाव छ । गर्मी बढेको बेलामा प्रशस्त पानी तथा दही मोही खान र प्रोटिनयुक्त खाना कम खान पनि उहाँको सल्लाह छ । नेपालमा पश्चिमी वायुको प्रभाव रहेकाले आज प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागमा मेघगर्जन र चट्याङ्गसहित सामान्य वर्षा हुने सम्भावना रहेको छ । प्रि-मनसुनको समय भएकाले केही ठाउँमा बद्ली र वर्षाको सम्भावना रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *