कास्की : सत्तारुढ पाँच दलीय गठबन्धनको चुनावी तालमेल पोखरा महानगरमा अड्किएपछि नेपाली कांग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, कास्की जिल्ला सभापति किशोरदत्त बराल र पूर्वमन्त्री यज्ञबहादुर थापासहितका नेता काठमाण्डौ आउँदैछन् । । पोखरा महानगरपालिकाको प्रमुख कसले पाउने भन्ने बारेमा विवाद मिलाउन सभापति देउवाले कास्कीका नेताहरुलाई काठमाण्डौ बोलाउनु भएको हो ।
पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीको पनि दाबी छ । कांग्रेस र समाजवादीले दाबी गरेपछि गठबन्धनबीचमा सहमति जुट्न सकेको छैन । कांग्रेस कास्कीका दुई सचिव देवेन्द्र रानाभाट र भानुभक्त ढकाल तथा नेपाली कांग्रेस पोखरा महानगरका सचिव गणेश थापा र टुकराज बाँस्तोलाले हिजो विज्ञप्ति निकालेर पोखरामा मित्रवत प्रतिस्पर्धा अर्थात एक्ला–एक्लै चुनाव लड्ने बताएका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बिहान ११ बजेपछि बस्ने तयारी छ ।
Related