खोजि गर्नुहोस..

पोखरा महानगरको मेयरमा कांग्रेस र एकीकृत समाजवादीको बिच सहमती जुटाउन बैठक बस्दै

काठमाण्डाै ।  नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले पोखरा महानगरको प्रमुखमा दाबी गरेका छन् । अघिल्लो चुनावमा नेकपा एमालेले जितेको पोखराको मेयरमा गठबन्धन गर्दा आफूले पाउनुपर्ने नेकपा एकीकृत समाजवादीको अडान छ । तर, पोखरामा कांग्रेसले पनि समाजवादीको नेतृत्व नस्वीकार्ने अडान राखेका कारण भागबन्डा टुङ्गो लाग्न नसकेको हो । अरु पाँच महानगरमा सहमति भइसकेको नेताहरुले बताएका छन् । केन्द्रबाट ६ महानगर र ११ वटा उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख गरी ३४ सिट पाँच दलबीच भागबन्डा गर्ने यसअघि नै सहमति बनेको छ ।

गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन् । हिजोको बैठकमा विराटनगर, वीरगञ्ज, भरतपुर, काठमाण्डौ र ललितपुरबारे सहमति भए पनि पोखराको टुङ्गो लाग्न सकेन । कांग्रेसलाई काठमाण्डौ, ललितपुर र विराटनगरमा प्रमुख दिने, भरतपुरमा माओवादी केन्द्र र वीरगञ्जको प्रमुख जसपालाई दिने तयारी छ । कांग्रेस नेता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज गठबन्धन दलका बीचमा फेरि छलफल हुने र पोखरासहित सबैको टुङ्गो लाग्ने बताउनुभयो । बैठक बिहान ११ बजे बस्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *