खोजि गर्नुहोस..

नवलपरासीमा शिक्षकले छात्रालाई दुर्व्यवहार गरेको भन्दै विद्यालय तोडफोड

 नवलपरासी । नवलपरासीको गैँडाकोट– ५ स्थित जनक माध्यामिक विद्यालयमा अध्ययनरत एक छात्रालाई विद्यालयका शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले विद्यालयमा तोडफोड गरेका छन् । कक्षा १२ मा अध्ययनरत छात्रालाई शिक्षक कपिल घिमिरेले ‘पोर्न भिडियो’ देखाएर जबर्जस्ती गर्न खोजेको भन्दै विद्यार्थीले विद्यालय तोडफोड गरेका हुन् । स्थिति तनावपूर्ण भएपछि विद्यालय परिसरमा दुईवटा मोटरसाइकल जलाइएको छ । शिक्षकलाई विद्यालयभित्र सुरक्षाकर्मीले सुरक्षा घेरामा राखेका छन् ।

केही दिनअघि शिक्षकले छात्रालाई दुर्व्यवहार गरेका थिए । तर, प्रहरी प्रशासनलाई जानकारी नदिई विद्यालयभित्रै घटना मिलाउन खोजेपछि विद्यार्थी आक्रोशित भएको बताइएको छ । जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले भने घटनाबारे कुनै प्रतिक्रिया दिन मानेन ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *