खोजि गर्नुहोस..

पाेखरा महानगरपालिकाकाे मेयरमा कांग्रेसबाट १८ जनाको उम्मेदवारीमा दाबी पेस

 पाेखरा । महानगरपालिकाकाे मेयरमा नेपाली कांग्रेसबाट १८ जनाले उम्मेदवारीमा दाबी पेस गरेका छन् । कांग्रेस पोखरा महानगर समितिले नाम दर्ता गराउन आह्वान गरेपछि मेयरमा १८ जना र उपमेयरमा आठ जनाले दाबी पेस गरेका हुन् ।   मेयरका लागि कांग्रेसबाट गंगाधर पराजुली, सुदीप मोहन भट्टराई, डा. परमेश्वर पोख्ररेल, निर्मलप्रसाद कर्माचार्य, कृष्णबहादुर केसी, बाबुराम आचार्य, सरस्वती गुरुङ, नन्दप्रसाद तिवारी, वीरेन्द्रनारायण बिजुक्छे, विश्वशंकर पालिखेकाे नाम दाबी पेस भएकाे छ । यस्तै किशोरदत्त बराल, विन्दुकुमार थापा, बाबुराम गिरी, कोपिला रानाभाट, किरण केसी, विश्व घिमिरे, ऋषि सापकोटा र गणेश भट्टराईले नाम दिएका कांग्रेस पोखरा महानगर समितिका सचिव गणेश थापाले जानकारी दिनुभयाे । विन्दुकुमार थापा गण्डकी प्रदेशका मन्त्री हुनुहुन्छ ।

यस्तै उपमेयरमा माया बराल कार्की, लक्ष्मी पाण्डे जिसी, आनन्दी राणा कार्की, रंगिला आचार्य, टीकाकुमारी गुरुङ, दीपक मल्ल, चिनु गुरुङ र मिलन थापाले दाबी पेस गरेका छन् ।  कांग्रेस महानगर समितिको सचिवालयले हिजाे शनिवार सूचना निकालेर नाम दर्ता गराउन आह्वान गरेको थियो । सत्तारुढ गठनबन्धनमा पोखरासहित देशका ६ महानगरपालिकामा कसको भागमा के पर्ने निर्णय भइ नसके पनि कांग्रेसले भने पोखराकाे मेयर छान्ने काम अगाडि बढाएको छ । पोखरामा मेयरकाे उम्मेदवार कांग्रेसबाटै हुनुपर्ने दाबी गर्दै कास्की कांग्रेसको टोलीले केही दिनअघि पार्टी  सभापति शेरबहादुर देउवालाई भेटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *