खोजि गर्नुहोस..

गर्भनर अधिकारीको कारवाहीको बिरोधमा नेपाल राष्ट्र बैंकका कर्मचारी आन्दोलित

गर्भनर महाप्रसाद अधिकारीको कारवाहीको बिरोधमा नेपाल राष्ट्र बैंकका कर्मचारीले आइतबार बैंक परिसरमा कालो ब्यानर झुण्डाएर कोणसभा गरेका छन्।  बैंकको केन्द्रीयलगायत सबै कार्यालयमा यसैगरी बिरोध गरिएको छ। नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयको बिरोध गर्दै नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिले बालुवाटारस्थित कार्यालयमा ब्यानर झुण्डाएर कोणसभा गरेको हो।   ‘केन्द्रीय बैंक स्वायत्ततामाथिको नाङ्गो हस्तक्षेप बन्द गर, निराधार तथा कपोकल्पित आरोपमा गर्भनर अधिकारीमाथि सुरु गरिएको कारबाही अबिलम्व फिर्ता गरे र संकटोउन्मूख राष्ट्रिय अर्थतन्त्रको उद्धारका लागि तत्काल विशेष नीति तर्जुमा गरी कार्यान्वयन गर’, भन्ने नारासहितको व्यानर राखेर कोण सभा गरिएको केन्द्रीय समितीले जनाएको छ। केन्द्रीय कार्यालयलगायत उपत्यका बाहिरका सबै कार्यालयमा बिरोधका कार्यक्रम गरिएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *