खोजि गर्नुहोस..

कपिलवस्तुमा गत बर्ष को तुलनामा ३% गहुँको उत्पादन बढ्यो

 कपिलवस्तु । कपिलवस्तु जिल्लाको प्रमुख दोस्रो बालीकारुपमा रहेको गहुँको उत्पादन ३ प्रतिशतले बढेको छ। यसवर्ष गत वर्षको तुलनामा कुल ३.१ प्रतिशतले गहुँको उत्पादन बढेको हो। मलको अप्रर्याप्ताका बीच मौसमको अनुकुलता, उन्नतजातको बीउ क्षेत्रफलको विस्तारका कारण गहुँको उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

यसवर्ष २७ हजार ५ सय हेक्टर क्षेत्रफलमा लगाइएको गहुँबाट ८५ हजार २५० मेट्रिक टन गहुँ उत्पादन भएको छ। गत वर्ष २७ हजार ५ सय हेक्टरमा लगाइएको गहुँबाट ८२ हजार २५० मेट्रिक टन उत्पादन भएको थियो। कृषि ज्ञान केन्द्रका प्रमुख डाक्टर रबिन्द्र चौबेले मलको अप्रर्याप्तताका बावजुद  क्षेत्रफलको विस्तार, मौसमको अनुकुलता, उन्नतजातको बीउका गत वर्षको तुलनामा ३ प्रतिशतले उत्पादन बढेको बताए। बैमौसमी वर्षाले अगौटे तरकारी खेती र तेलहन बालीमा नोक्सानी गरेपनि गहुँलाई भने फाइदा पुगेको उनले बताए। यसवर्ष रोग र कीराको प्रकोप समेत देखिएन। जिल्ला कृषक संघका अध्यक्ष चर्तुभुजमणि त्रिपाठीले यसवर्ष मलको अभाव हुँदा पनि उत्पादन वृद्धि भएको बताए।

अधिकांश कृषकले कम्बाईन थ्रेसरबाट गहुँको स्याहार गरी सकेका छन्। कृषि ज्ञान केन्द्रका कृषि अर्थविद् शिवपुजन गुप्ताले भारतमा सस्तो पर्ने भएकाले भारतबाट बीउ ल्याएको कृषकहरुले बताए। बजारमा यसवर्ष ३३ रुपैयाँको हाराहारीमा गहुँ बिक्री हुने गरेको कृषकहरु बताउँछन्। जिल्लामा विजया, एनएल ९७१ भृकुटी, एनएल, एचडी ३४३ गौतम लगायतका बीउहरु लगाइएको छ। पकडी, तौलिहवा, महाराजगञ्ज, कोपवा, गजेहडा, गोटिहवा लगायतका स्थानहरुमा बढी गहुँको उत्पादन हुने गरेको छ।  प्रस्तुत नागरिक दैनिक बाट साभार

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *