खोजि गर्नुहोस..

विप्लव समूहका दुई नेताले गरे प्रचण्डसँग गरे भेट

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का दुई नेताहरुले बिहीबार नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्। नेकपाको सचिवालय सदस्यद्वय हेमन्तप्रकाश वली र धर्मेन्द्र बास्तोलाले बिहीबार बिहान खुमलटारमा गएर प्रचण्डसँग भेटे गरेका हुन् । चुनावको पक्षमा रहेका विप्लव र खड्गबहादुर विश्वकर्माले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको भोलिपल्ट उनीहरु प्रचण्डलाई भेटेका हुन।

‘नयाँ बर्ष २०७९को शुभकामना सहित हाम्रा बन्दीहरू रिहाइका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसंग छलफल,’ भेटबारे नेता बास्तोलाले फेसबुकमा लेखेका छन्, ‘लामो समयदेखि बिरामी रहनुभएकी प्रचण्ड पत्नी सीता दाहलसंग भेट सुस्वास्थ्यको कामना ।’ वली र बास्तोला दुवै स्थानीय चुनावमा जान नहुने पक्षमा छन्।

भेटबारे प्रचण्डले के भने ?

उक्त भेटबारे प्रचण्ड पनि बोलेका छन्। ‘मलाई खुसी लागेको छ, आज बिहान मात्रै पनि मैले नेकपाका केही शीर्ष नेताहरुलाई भेटेको छु,’ आफ्नै निवासमा आयोजित माओवादी ध्रुवीकरण कार्यक्रममा उनले भने, ‘र, मलाई विश्वास छ उहाँहरु पनि सोच्नुहुन्छ । सिंगै समूह नै एकतावद्ध होस् भन्ने हाम्रो कोशिस छ ।’प्रचण्डले नेकपाका मूल नेतृत्वसँग एकताबारे छलफल गरे पनि पुनः माओवादीमै फर्किन लाज मानेको बताए ।

‘केही समयअघि मुख्य नेतृत्वसँग पनि ध्रुवीकरणबारे निकै गम्भीर कुरा गरिएको थियो,’ उनले भने, ‘तर हिजो अलि छिटै ठूलो हुने सपना, प्रचण्ड हुने सपना बोकेर हिँड्नु भएको केही साथीलाई अलिकति लाज भएको छ–फेरि त्यही जाने त भन्ने । क्रान्तिकारीहरुलाई त के लाजको कुरा हुन्छ र क्रान्तिकारी ध्रुवीकरण हुने कुरा । खुसीकै कुरा हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *