खोजि गर्नुहोस..

शाहले वर्ष बदलिँदा जनताको हर्ष पनि बढ्नुपर्ने : पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजा ज्ञानेन्द्र शाहले वर्ष बदलिँदा जनताको हर्ष पनि बढ्नुपर्ने बताएका छन्। नयाँ वर्ष २०७९ को पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै शाहले बुधबार भित्ताको पात्रो फेरिएपछि जनजीवनमा स्तरवृद्धि पनि हुनुपर्ने बताए। शाहले कूटनीतिक भाषामा विद्यमान राजनीतिक परिस्थितिमाथि टिप्पणी पनि गरेका छन्।

‘चर्का नारा, गहकिला आशा, आश्वासन तथा अर्थहीन परिवर्तन वा रूपान्तरणको प्रक्रियाले जनमानसलाई शान्त पार्न सकेको छैन,’ शाहले आफ्नो विज्ञप्तिमा भनेका छन्, ‘चिन्ताको विषय हाम्रो यो हो। ’नेपाल ‘त्रिपक्षीय महाशक्तिहरूबीचको शिखर आभूषण’को रूपमा रहेता पनि आफ्नै भू-बनोट, सामाजिक संरचना, गौरवपूर्ण इतिहास, मौलिक मूल्यमान्यता तथा परम्पराले गौरवान्वित रहिआएको शाहले बताएका छन्।  शाहले सबै राष्ट्र, सबै समुदाय मिलेर रहून्, कतै अशान्ति नहोस् र कोही कसैमा विभाजना र मतभेद नआओस् भनेका छन् ।

‘छिमेकी मित्र राष्ट्रहरूप्रति हामीले अवलम्बन गर्ने नीति तथा व्यवहारले हाम्रो उन्नति-प्रगतिलाई मात्र प्रभावित गर्दैन, मुलुकको स्थायित्व, शान्ति र राष्ट्रिय अस्मिता समेतमा कुनै न कुनै स्तरको प्रभाव पर्न जाने अवस्थालाई सम्झेर हामी सदैव चनाखो हुनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ। शाहले देशका अर्थविदहरू र उद्यमीहरूले गलत मौद्रिक र कमजोर वित्तीय नीतिका कारण अर्थ व्यवसाय जटिल बन्दै गइरहेको बताइरहेमा चिन्ता जनाएका छन्। शाहले अन्तिममा भनेका छन्, ‘नेपाली सबैको भलो होस्, सबै नेपालीको सपना साकार होस्,’ उनले भनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *