खोजि गर्नुहोस..

आज पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना


Warning: Uninitialized string offset 0 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/functions.php on line 402

काठमाण्डाै  । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण आज काठमाण्डौसहित पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् मञ्जु बासीकाअनुसार आज पहाडी क्षेत्रका धेरैजसो ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुनेछ भने केही ठाउँमा पानी पर्ने छ । विशेषगरी प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित दिउँसो पछि हल्कादेखि सामान्य पानी पर्ने अनुमान गरिएको छ ।

काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रको मौसम बिहानैदेखि आंशिकदेखि सामान्य बद्ली छ । पहाडी क्षेत्रमा मौसम बद्ली भइ पानी पर्ने सम्भावना रहे पनि तराईका जिल्लामा भने गर्मी बढ्दो छ । पानी नपर्दा तराईका जिल्लाको अधिकतम तापक्रम बढ्दै गएको छ । गएको २४ घण्टामा दीपायलको अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस पुगेको छ भने धनगढीको ३७, नेपालगञ्जकाे ३६ दशमलव ७, वीरेन्द्रनगरको ३५ दशमलव ३ र जनकपुरको अधिकतम तापक्रम ३३ डिग्री सेल्सियस छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *