खोजि गर्नुहोस..

मुलुकको आर्थिक स्थिति जोखिमउन्मुख छ, हामीले सार्थक हस्तक्षेप गरेनौं भने ती समस्याको निराकरण नहुने हो भने मुलुक श्रीलंका हुनबाट कसैले रोक्न सक्दैन : पूर्व अर्थमन्त्री पौडेल

काठमाडौं ।  नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले मुलुकको आर्थिक अवस्था जोखिमउन्मुख रहेको बताएका छन्। पूर्वअर्थमन्त्री पौडेलले सार्थक हस्तक्षेप नगरेमा मुलुक श्रीलंकाजस्तै हुनबाट कसैले रोक्न नसक्ने समेत बताएका छन्। उनले भने, ‘मुलुकको आर्थिक स्थिति जोखिमउन्मुख छ, जोखिमको स्तरमा नेपाल आइपुगेको छ, यदि हामीले सार्थक हस्तक्षेप गरेनौं भने, जे जस्तो समस्या देखिएका छन्, ती समस्याको निराकरण नहुने हो भने मुलुक श्रीलंका हुनबाट कसैले रोक्न सक्दैन।’

पौडेलले अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकको स्वायत्ततामाथि हस्तक्षेप गरेको बताएका छन् । राष्ट्र बैंक स्वायत्त निकाय हो भन्दै उनले अर्थमन्त्रीले मन्त्रालय अधिनको अंगजस्तो ठानेको आरोप लगाए । ‘राष्ट्र बैंकलाई मन्त्रालय अधिनको अंगको रुपमा व्यवहार गरियो, गभर्नरलाई मातहतका सचिव वा सहसचिवलाई झै चलाउन खोजियो राष्ट्र बैंकको स्वायत्ततामा हस्तक्षेप गरियो’ उनले भने । उनले एमालेले सुदृढ अर्थतन्त्र छाडेर विदा भएको तर अहिलेको सरकारले ९ महिनामै आर्थिक अवस्था अत्यन्त जोखिमको अवस्थाबाट गुज्रिएको दाबी पनि गरे। मन्त्री वा प्रधानमन्त्रीले दाबी गरेर मात्र मुलुकको बिग्रँदो आर्थिक स्थितिबाट बाहिर ननिस्कने भन्दै उपाध्यक्ष पौडेलले बिग्रँदो स्थितिबाट बाहिर निस्कन सरकारले उचित कदम चाल्नुपर्ने बताए । कार्यक्रममा पूर्व अर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा. युवराज खतिवडाले पार्टीको धारणा राखिरहेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *