नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीको पक्षमा जनलहर नै आउन थालेको बताएका छन्। अध्यक्ष नेपालले जनताले आफ्नो पार्टीको चुनाव चिन्ह कलम पनि भन्न थालेको दावी गरे। शनिबार काठमाडौंमा आयोजित पार्टीको जनसभामा बोल्दै उनले गफाडीहरुले गफ गर्दै जाने उल्लेख गर्दै आफूहरुले भने देश र जनताको पक्षमा काम गरेर देखाउने बताए। एमाले अध्यक्ष केपी ओलीप्रति संकेत गर्दै अध्यक्ष नेपालले गफाडीहरुलाई गफ गर्न र अरुको अपमान गर्न दिँदा हुने बताए। उनले भने, ‘अहिले हाम्रो पार्टीको पक्षमा जनलहर नै आईरहेको छ। अहिले जनताले सबै ठाउँमा कलम भन्न थालेको छन्। एकीकृत समाजवादी भन्न थालेको छन्। गफाडीलाई गफ गर्न दिनोस्। अरुको अपमान गर्न दिनोस्। हामी काम गरेर देखाऔं। इमान्दारिता, निष्ठा, समर्पणले काम गर्न गरौं। कसैले हामीलाई हेप्न नसकून्।’
अध्यक्ष नेपालले विना कामको भ्यूटावर र गेट बनाउने नाममा अर्बौ बजेट खर्च स्थानीय तहमा भईरहेको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले सो रकम युवाहरुलाई निब्र्याजी ऋणको रुपमा सरकारले दिएको भए जनता गाँस र बासको अभावमा छटपटिनुपर्ने अवस्था अन्त्य हुने दावी समेत गरे। अध्यक्ष नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम छिटो सुरु गर्न पनि सरकारको ध्यानाकर्षण गराए। प्रस्तुत नगरिक न्युज साभार
Related