खोजि गर्नुहोस..

सूर्य चिह्नलाई साझा बनाएर चुनावमा जान सकिन्छ : थापा

काठमाडौँ  ।  राप्रपा नेपालका अध्यक्ष कमल थापाले सूर्य चुनाव चिह्नलाई साझा बनाएर स्थानीय तह निर्वाचनमा जान सक्ने सम्भावना रहेको बताएका छन् । पार्टीको स्थानीय तह निर्वाचन घोषणापत्र र चुनाव चिह्न सार्वजनिक गर्नका लागि शुक्रबार चाबहिलमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले नेकपा (एमाले)सँग तालमेल हुने सम्भावना रहेको बताएका हुन् । ‘एमालेसँग स्थानीय तहमा तालमेल हुने सम्भावना छ, छलफल चलिरहेको छ । सूर्य चिह्नलाई साझा बनाएर चुनावमा जान सकिन्छ,’ थापाले भने, ‘अवस्था हेरेर अरु दलहरुसँग सहकार्य हुनसक्छ ।’

आफ्नो पार्टीको संगठन विस्तार नभइसकेकोले जसरी पनि चुनावमा सहभागी हुने र चुनाव जित्नका लागि गठबन्धन आवश्यक रहेको थापाको भनाइ थियो । उनले तालमेलका लागि स्थानीय तहको प्रकृति र अवस्थालाई आधार मानिने पनि प्रस्ट पारे ।तर केन्द्रीय सदस्य भूपेन्द्रप्रसाद पोखरेलले तालमेल गरेर पनि चुनाव चिह्न राप्रपाकै ‘तीर’ लाई प्रचारप्रसारमा लैजानु पर्ने आवश्यक रहेकोमा जोड दिए । उनले भने, ‘राप्रपा नेपाल पहिलोपटक ‘तीर’ चुनाव चिह्न लिएर निर्वाचनमा जान लागेकोले हुँदा यसैलाई प्रचार गर्नुपर्छ ।’राप्रपाले हिन्दू राष्ट्र स्थापना, मुलुकमा विभिन्न मुद्दामा बन्द नगर्नेलगायत नीति र एजेन्डासहितको घोषणापत्र सार्वजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *