खोजि गर्नुहोस..

भारतद्वारा साना परियोजनाका लागि ७ करोड ८ लाख सहयोग

दार्चुला जिल्लामा विद्यालय तथा स्वास्थ्य चौकी भवन र धादिङमा सिँचाइ परियोजना निर्माणका लागि भारत सरकारले ७ करोड ८ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ।  भारतीय दूतावासद्धारा बिहीबार जारी विज्ञप्ति अनुसार जनविकास माध्यमिक विद्यालय, इरकोट स्वास्थ्य चौकी भवन र महेशफाँट सिँचाइ परियोजना निर्माणका लागि भारतीय राजदूतावास तथा नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय एवम् क्रमशः दुहुँ गाउँपालिका, दार्चुला, नौगाड गाउँपालिका, दार्चुला र गल्छी गाउँपालिका, धादिङ्काबीच बिहीबार तीनवटा समझदारीपत्रमा हस्ताक्षर भएको हो।

भारत सरकारको आर्थिक सहयोगमा भारत–नेपाल विकास सहकार्य अन्तर्गत निर्माण हुन लागेका उल्लिखित सामुदायिक विकास परियोजनाहरुको कूल अनुमानित लागत ७ करोड ८ लाख रुपैयाँ छ। ३ करोड ३७ लाख रुपैयाँ लागतमा जनविकास माध्यमिक विद्यालय, २ करोड ५३ लाख रुपैयाँ लागतमा इरकोट स्वास्थ्य चौकी भवन र १ करोड १७ लाख रुपैयाँ लागतमा महेशफाँट सिँचाई परियोजनाको निर्माण गरिने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *