खोजि गर्नुहोस..

सर्लाहीको सदरमुकाम मलङ्गवामा गोली लागेर एक भारतीय युवकको मृत्यु

काठमाण्डाै ।  सर्लाहीको सदरमुकाम मलङ्गवामा गोली लागेर एक भारतीय युवकको ज्यान गएको छ । मलङ्गवा नगरपालिका–८ मा हिजो बेलुका पहिचान नखुलेको समूहले गोली चलाउँदा भारत विसनपुर आधार पञ्चायत घर भएका इन्दल महतोको ज्यान गएको प्रहरीले जनाएको छ । गोली लागेर घाइते भएका महतोलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्याइएको थियो । तर, डाक्टरले मृत घोषणा गरेका थिए । सर्लाहीका सशस्त्र प्रहरी नायब उपरीक्षक दीपेन्द्र थापाका अनुसार मृतक महतोको पाखुरासहित शरीरका तीन ठाउँमा गोली लागेको थियो ।

महतोलाई मोटरसाइकलमा भारतबाट आउँदै गर्दा मोटरसाइकलमै आइरहेका अज्ञात व्यक्तिले गोली हानेर फरार भएका हुन् । सर्लाही प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले फरार व्यक्तिको खोजी भइरहेको र घटनाको विषयमा थप अनुसन्धान चलिरहेको बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *