खोजि गर्नुहोस..

नेपाल आयल निगमलाई सरकार मातहतको मूल्य स्थिरीकरण कोषबाट ४ अर्ब २० करोड रुपैयाँ दिइने

नेपाल आयल निगमलाई सरकार मातहतको मूल्य स्थिरीकरण कोषबाट ४ अर्ब २० करोड रुपैयाँ दिइने भएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी)लाई रकम भुक्तानी गर्न नपुग्ने भएपछि सो रकम प्राप्त हुने भएको निगमले जनाएको छ। आगामी शुक्रबार आईओसीलाई निगमले इन्धनबापत १९ अर्ब ४७ करोड रुपैयाँ भुक्तानी गर्नुपर्नेछ भने हाल निगमसँग १३ अर्ब रुपैयाँ मात्रै रहेको बताइएको छ।

निगमले हरेका १५ दिनमा आईओसीलाई रकम भुक्तानी गर्दै आएको छ। यस पटक आईओसीलाई भुक्तानी गर्न रकम नपुग्ने भएपछि कोषबाट लिनुपरेको निगमले जनाएको छ।निगमले मासिकरुपमा ९ अर्ब रुपैयाँ नोक्सानी बेहोर्दै आएको छ। यस आर्थिक वर्षमा हालसम्म  निगमले ३३ अर्ब रुपैयाँ नोक्सानी व्याेहोरिसकेको जनाएको छ। यस्तै निगमले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी इन्धनको मूल्य बढाएको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५ तथा ग्यास प्रतिसिलिण्डर २५ रुपैयाँले बढाएको हो। मूल्य बढेपछि पेट्रोल प्रतिलिटर १६०, डिजेल र मट्टितेल १४३ तथा खाना पकाउने ग्यास प्रतिसिलिण्डर १६ सय रुपैयाँ कायम भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *