नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठनबन्धन कुहिएको र अब झर्न मात्रै बाकीँ भएको बताएका छन्। गठनबन्धन कुहिसकेकाले अब गठनबन्धन रुखबाट कुहिएको रुखबाट फल झरेजस्तै झर्ने दाबी गरे।
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलस्थित शान्ति निकेतन माविको भवनको बुधबार उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा उनले जसरी फल कुहिने बित्तिकै झर्दैन र केही समय लाग्छ, यो गठनबन्धनको हालत पनि यस्तै भइसकेको बताए।
उनले अब कुहिएको फल छुटन थालेसँंगै गठबन्धन पनि छुटन थाल्ने दाबी गरे। स्थानीय तहको निर्वाचनमा संयुक्त उम्मेदवारी दिने बेलामा गठबन्धन टुटने उनको आशय थियो। उनले अबको निर्वाचनपछि विकासको लहर सुरु हुने बताए।
चुनावपछि एमालेको विजयी हुने र त्यसपछि शिक्षा, स्वास्थ्य सबैमा विकासको लहर चल्ने उनको भनाइ थियो। विद्यार्थीलाई देशभक्तिबारे अहिले नै सिकाउनुपर्ने आवश्यकता उनले औंल्याए। निर्वाचन आएको र सबै घोषणापत्र लिएर आउने भन्दै उनले अरुको घोषणापत्र हावाको हुने सुनाए।
‘मेरो टेम्पयो उडयो भने म तपाईलाई जापान उडाइदिन्छु भन्ने प्रकारको अरुको घाषणापत्र हुन्छ, उनले भने जबकी न ट्याम्पो उड्छ न त जापान नै जान पाइन्छ।’ आफ्नो पार्टीको घोषणापत्र भने जनतासँंग मिलेर गर्नसक्ने कुराहरु राखेर बनाइने उनले बताए ।
Related