खोजि गर्नुहोस..

ट्युसन हिँडेकी किशोरीको बलात्कारपछि हत्या , हत्या आरोपमा आफ्नै कक्षाकी छात्रासहित दुई पक्राउ

बेलका नगरपालिका ६ किराँत चोककी १६ वर्षीया कविता सुनुवार मंगलबार पनि अरु दिन झैँ झिस्मिसेमै व्यूँझिन्। हातमुख धोएर नित्य कर्म सकेपछि आमालाई सामान्य घरको काम सघाउँदै गर्दा छिमेकी सँगी सरिता ढकाल खत्री उनकै घर आईपुगिन्। स्थानीय कोशी जनता माद्यमिक विद्यालयमा कक्षा १० सँगै पढ्ने उनीहरू विहान दिउँसो सँगै ट्युसन र कक्षा जाने–आउने गर्थे। एसईई तयारीमा रहेका उनीहरू स्कुल हिँड्दा विहानको ५ः०० बज्दै थियो। तर, ६ः०० बजेदेखि सुरु हुने कक्षामा सामेल हुन पुग्नुपर्ने कविता सँधा झैँ स्कुल पुग्न पाइनन्।

घरदेखि केही पर बेलका ३ डंगटोलस्थित यशोदा खोलामा उनको बलात्कारपछि रहस्यमय तरिकाले हत्या भयो। स्कुलले सञ्चालन गर्दै गरेको एसईई तयारीको अतिरिक्त कक्षा लिने अन्य विद्यार्थीहरू पढ्न थाल्दा खोलामा कविता मृत भेटिएको हल्ला नगरपालिका केन्द्र रामपुर बजारसम्म फैलिइसकेको थियो। खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय रामपुरका इन्स्पेक्टर तेजप्रसाद दाहाल नेतृत्वको टोली घटनास्थल पुग्दा कविताले धर्ती छाडिसकेकी थिइन्।

कृष्ण सुनुवारकी छोरी कविता पढ्ने कोशी जनता माविको प्रांगणै भएर मदन भण्डारी लोकमार्गमा रातदिन बाक्लो सवारी यातायात चल्छन्। सुरक्षाको दृष्टिकोणले हेर्ने हो भने विद्यालय पुग्न इलाका प्रहरी कार्यालय रामपुरदेखि मुस्किलले ५ मिनेटको सडक दूरी र गाडीमा आधा घण्टा खर्चनुपर्ने हुन्छ। कविताको घर भने स्कुलदेखि आधाघण्टा पैदल दूरी लाग्ने गाउँमा छ। कच्ची बाटो, पैदल हिडाई र एकान्त ठाउँ पारेर अपराधीले उनको ज्यान लिने आँट गरेको अनुमान प्रहरीले गरेको छ।  हत्या हुनुको रहस्यको पर्दा अहिल्यै नखुलिहाले पनि घटनामा संलग्न आशंकामा प्रहरीले सरिता र उनकै नातामा दाजु पर्ने विनोद ढकाल खत्रीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।

बिनोद भारतको सिक्कीम राज्य वियुङ स्थायी घर भई बेलका ३ स्थित काका जितबहादुर ढकाल खत्रीको घरमा बस्दै आएको प्रहरी भनाई छ। सँगै स्कुल गएका उनीहरुमध्ये कविताको हत्या हुनुले सरितातर्फ पनि शंकाको सुई घुमेको प्रहरीले जनाएको छ। उनीहरु दुवैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान थालेको जनाइएको छ। जिल्ला प्रहरी प्रमुख एसपी सुभाषचन्द्र बोहराका अनुसार किशोरीको बलात्कार गरी ढुंगाले किचेर हत्या भएको छ। टाउको पछाडि ढुंगाले हिर्काएर हत्या भएको प्रारम्भिक अनुसन्धानले देखाएको उनको भनाई छ। विस्तृत सत्यतथ्य खुल्न भने पोष्टमार्टम रिपोर्ट नै पर्खनुपर्ने एसपी बोहराले बताए।

मृतकको शव पोष्टमार्टमका लागि बिपी स्वास्थ्य प्रतिष्ठान धरान पठाइएको र रिपोर्ट आउन बाँकी रहेकाले अहिल्यै सबै कुरा नखुल्ने उनी बताउँछन्। घट्नामा संलग्न भएको आशंकामा पक्राउ दुवैजनालाई जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान सुरु भएको प्रहरी भनाई छ। स्थानीयका अनुसार भारत घर भए पनि बेलाबेलामा काकाको घर आएर खेती किसान र घाँस गोठालो गर्न सघाउने विनोदले कवितालाई एकतर्फी प्रेम गरेको अनुमान छ। तर, नजिकै पर्न नमान्ने कवितालाई उनकै साथी (सरिता) मार्फत नजिकिन खोज्दा पनि पार नलागेपछि उनकै सहयोगमा सँगै हिडाएर हत्या गरेको हुन नसक्ने अनुमान स्थानीयको छ।

कविताको हत्या घट्नाले बेलकाबासीमा त्रास छाएको छ भने विद्यालय परिवार र पुरै गाउँमा शोक छाएको छ। धेरैले छोरी बचाउने सुरक्षा चुनौती बढेको भन्दै हत्यारालाई तत्काल खोजी गरी हदैसम्मको सजाय दिनुपर्ने माग गरिरहेका छन्।

पछिल्लो समय ८ महिने बालिकादेखि किशोरी महिलाहरुको एकपछि अर्को बलात्कार गर्दै हत्या हुँदै आएको घट्नाकै निरन्तरताको रुपमा कविताको हत्या प्रकरणलाई लिनुपर्ने अधिकारकर्मीहरु बताउँछन्। अधिकारकर्मी तथा बुद्धिजीवि रमण भट्टराईले कविताको बलात्कारपछि हत्या गर्नु क्रुर र अमानवीय भएको भन्दै जतिसुकै भत्र्सना गरे पनि कम हुने बताए। अर्का स्थानीय ललित राईले स्कुल कलेज हिडेका बालबालिका दिनदहाडै बलात्कार र हत्याको सिकार हुनुले समाजमा मानवीयता गुम्दै गएको र दानवीकरण ह्वात्तै बढेर गएको अर्थ लगाए।

विद्यालयले मंगलबारै एक विज्ञप्ती प्रकाशित गरी कक्षा १० मा अध्यनरत सुशील छात्रा कविताको हत्यालाई क्रुर र अमानवीय भन्दै भत्र्सना गरेको छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेश बस्नेत र प्रधानाध्यापक सूर्यनारायण साहद्वारा जारी विज्ञप्तीमा स्कुल पढ्न आउदै गरेकी छात्रामाथि भएको यस्तो क्रुर, अमानवीय र हिंसक घट्नामा संलग्नलाई तत्काल पत्ता लगाएर हदैसम्मको कारबाही गर्न माग गरिएको छ। यस्ता घट्नाले बेलका नगरबासीको सुरक्षा चुनौती बढेको र खासगरी बालिका र महिलामाथि अझ गम्भीर असुरक्षा बढेको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराउन सरोकारवालाहरुलाई आग्रह गरिएको छ।

त्यसैगरी अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बेलका नगर समिति, बेलका नगरपालिका शिक्षा विकास समिति, बेलका शैक्षिक संस्था संघलगायत बिभिन्न दलनिकट तथा सामाजिक र पेशागत संघसंस्थाहरुले  विज्ञप्ती प्रकाशित गरी घट्नाको भर्त्सना गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन् । प्रसतुत नागरिक दैनिक साभार

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *