सत्ता गठबन्धनका चार दलले स्थानीय तह निर्वाचनमा पाल्पा जिल्लाका ८ वटै पालिका र जिल्ला समन्वय समितिमा तालमेल गर्ने निर्णय गरेका हुन् । पाल्पामा चुनावी तालमेलको निर्णय गरेका छन् ।
चुनावी तालमेलबारे जानकारी दिन मंगलबार जारी प्रेस विज्ञप्तिमा गठबन्धन दलहरुका बीचमा गठबन्धनको मर्म र भावनाविपरित आरोप-प्रत्यारोप नगर्न, सामाजिक सञ्जाललगायतका सञ्चार माध्यमबाट गालीललौज नगर्न आ-आफ्ना दलका नेता-कार्यकर्तालाई अपिल गर्ने निर्णय गरिएको उल्लेख छ । यस्तै विज्ञप्तिमार्फत चार दलले आपसी सम्मान र हार्दिकताको विकास गर्दै संयुक्त रुपमा निर्वाचनमा सहभागी हुन निर्देशन दिएका छन् ।