खोजि गर्नुहोस..

निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै

काठमाण्डाै । आउँदो बैशाख ३० गते हुने स्थानीय तहको चुनाव बारे निर्वाचन आयोगले आज राजनीतिक दलहरुसँग छलफल गर्दै छ । बिहान साढे ११ बजे दलका प्रतिनिधिसँग छलफल गर्न लागेको आयोगले जनाएको छ । स्थानीय चुनावमा भाग लिने दललाई छलफलका लागि बोलाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । छलफलमा चुनावको तयारी र आचारसंहिता बारे कुराकानी हुनेछ । आउँदो स्थानीय तहको चुनावमा सत्ता गठबन्धनले तालमेल गरेर अगाडि बढ्ने निर्णय गरेका छन् भने प्रमुख प्रतिपक्षी दल एमालेले पनि तालमेलको तयारी गरेको छ । एमालेले चुनावी तालमेलका लागि कमल थापा र राजेन्द्र लिङदेन नेतृत्वको दुवै राप्रपासँग संवाद अगाडि बढाएको छ । कतिपय वार्तामा अध्यक्ष केपी शर्मा ओली आफैँ सहभागी हुनुहुन्छ भने कतिपय वार्तामा उहाँले निकट नेतालाई खटाउनु भएको छ ।

स्थानीय चुनावमा एक्लै लड्ने केन्द्रीय नीति भए पनि एमाले केन्द्रीय कमिटी बैठकले जिल्लामा भने तालमेल गर्न सकिने स्पष्ट पारिसकेको छ । यसैबीच, स्थानीय तहको चुनावमा तालमेलमा जाने नीतिगत निर्णय लिएको पाँचदलीय गठबन्धनले आजदेखि तालमेलको मापदण्डबारे छलफल गर्दैछ । मापदण्ड बनाउने बारे छलफल गर्न बिहान ९ बजे सत्ता गठबन्धनको बैठक बस्दैछ । बैठकमा स्थानीयस्तरबाट आएका रिपोर्टिङमाथि प्रारम्भिक छलफल हुनेछ । सत्ता गठबन्धनमा रहेका दल र एमाले तथा अन्य प्रतिस्पर्धी पार्टीले गएको स्थानीय तह चुनावमा प्राप्त गरेको मतको अवस्था, वर्तमान सांगठनिक स्थिति आदिबारे तथ्यांक विश्लेषण गरी प्रतिवेदन बनाउने गठबन्धनको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *